मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

पूर्णपुष्टि प्रभाव : सहयोगदाताका कारण बालक सुमनको पहिलोचरणको अप्रेशन सम्भव

पूर्णपुष्टि/उदयपुर, भदौ २० गते

खोटेहाङ गाउँपालिका ४ थामखर्कका १४ वर्षिय बालक सुमन परियारको काठमाडौंमा पहिलोचरणको अप्रेशन हिजो सम्भव भएको छ ।

सहयोगी मनहरुको आर्थिक सहयोगबाट उनको अप्रेशन सम्भव भएको हो । उनको उपचारका लागि चित्रा नेम्वाङ, लक्ष्मी केम्बाङ र सोबिन सुब्बाको पहलमा बेलायतबासीबाट ३३ हजार ३०० र बेलायतमै रहनु भएकी रमा राईको पहलमा संकलीत ६ हजार ५०० गरी कुल ३९ हजार ८०० रुपैया सुमनलाई उपलब्ध गराइएको मानवीय सहयोगमा जुटिरहेकी खुसी राईले बताउनुभयो । एक क्यान्सर पिडित सुनील घले लागि संकलित उक्त रकम, घले वितेको र परिवार पनि सम्पर्कमा नआएपछि चरम गरिबीले उपचार नपाइरहेका बालक सुमन लगायत चार जनालाई प्रदान गरिएको राईले जानकारी दिईन् । त्यस्तै बालकको गाउँघरबाट पनि ३५ हजार रुपैया प्राप्त भएपछि उक्त सहयोग रकमले अप्रेशन सम्भव भएको दिदी सुमिता परियारले बताईन् । पूर्णपुष्टिले फलोअप खबर गर्दै जाने क्रममा सहयोग पनि जुट्दै गएको हो ।

बालक सुमनको गाउँमै शरीरको विभिन्न ठाउँमा घाउँ निस्केर कुहिदै मासु झरेर विभत्स अवस्था थियो । ढाँडको तल्लो भाग र पिडौलामा मासु कुहेरै झरेपछि गहिरो र फराकिलो खाल्डो परेको छ । गाउँघरबाट सामान्य चन्दा संकलन गरेर विराटनगर स्थित नोवेल हस्पिटल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित टिचिङ हस्पिटल लगिएको परिवारले जनाएको छ ।

दिदी सुमितका अनुसार भाइको उपचारका लागि अस्पतालमा लामै समय बस्नु पर्ने र खाल्डोमा मासुभर्न अप्रेशन लगायतका अन्य उपचारहरु गर्नुपर्ने भएको छ । त्यसका लागि फेरी पनि उपचार खर्चको अभाव नै मुख्य चुनौतीरहेको उनले बताएकी छिन् ।

प्रतिक्रिया

%d bloggers like this: