सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

सात बालबालिकाले पाए अभिभावकत्व

पूर्णपुष्टि/उदयपुर असोज ७ गते ।

उदयपुरमा जेहेन्दार तथा गरिब विद्यार्थीलाईहरुको अभिभावकत्व लिएको छ ।

त्रियुगा नगरपालिका १६ स्थिति श्री मावि भोर्लेका सात जना विद्यार्थीहरुको अभिभावकत्व आईतबार लिई सहयोग गरेको हो ।

गरिव जेहेन्दार विद्यार्थीको पढाई प्रति आँच आउन नदिन कक्षा १ देखि ६ सम्मको ७ जना लाई जनप्रतिनिधि, शिक्षक, समाज सेवकहरुले अभिभावकत्व लिएको विद्यालयका प्रधानाध्यापक विपीन चन्द्र राईले बताए ।

अभिभावकत्व लिनेमा कक्षा १ का उर्मिला राईको लागी युवा भुवन दाहाल, कक्षा २ का दिप्सिखा माझिका लागी उपेनद्र रखाल मगर, कक्षा ३ का लिला खत्रिको लागी युवा उपेन्द्र तामाङ, कक्षा ३ का विवेक परियारको लागी १६ नं. वडाका महिला सदस्य गोमा कार्की, कक्षा ४ का विश्वास राईको लागी अप्सरा समाल, कक्षा ५ का भुपेन्द्र परियारको लागी सो विद्यालयका प्रअ राई र कक्षा ६ का विदुर वि.क.को लागी वडा अध्यक्ष मान बहादुर राईले अभिभावकत्व लिएको प्रअ राईले बताए ।

विद्यालयले वर्ष भरिको उत्कृष्ट शिक्षक, विद्यार्थीलाई पनि सम्मान गरेका थिए । भने कार्यक्रममा आर्थिक वर्ष २०७४/०७५ को आयव्यय समेत प्रस्तुत गरेको थियो ।

 

प्रतिक्रिया

%d bloggers like this: