मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

विद्यालय र कलेजहरु तीन सातासम्म बन्द गर्न प्रस्तावगरेपछि शिक्षा मन्त्रालयले छलफलका लागि बोलायो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई बोलाएको छ । कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएपछि सरकारले सरोकारवालालाई सोमबार विहान ८ बजे छलफलको लागि बोलाएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।

प्रतिक्रिया

%d bloggers like this: