सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

खाँबु बालमैत्री वडा घोषणा

पूर्णपुष्टि/उदयपुर, असोज १४ गते ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १५ खाँबु नगरपालिकाको पहिलो र जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा भएको छ ।

यसअघि चौदण्डीगडी नगरपालिका वडा नं. ५ सुन्दरपुर जिल्लाको पहिलो बालमैत्री वडा घोषणा भएको थियो ।

एक विशेष समारोहकाबीच आइतबार बालमैत्री वडा घोषणा भएको हो । प्रदेश सांसद हिमाल कार्कीले उद्घाटन गर्दै वडालाई बालमैत्री घोषणा गरे । प्रमुख अतिथि सांसद कार्की, विशेष अतिथि जिल्ला समन्वय समितिका संयोजक खड्गबहादुर परियार, मेयर बलदेव चौधरी, उपमेयर देवी चौधरी, वडाध्यक्षहरु, विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधि र वडावासीले वडालाई सदैव बालमैत्रीको हैसियतमा राख्ने प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

कार्यक्रममा सांसद कार्कीले वडाध्यक्ष निरबहादुर मगरलाई वडा बालमैत्री भएको प्रमाणपत्र हस्तान्तरण गरे ।

वडा बालमैत्री घोषणा भएसंगै सबत्र बधाई तथा शुभकामनाको आइरो लागेको छ । कार्यक्रममा मन्तब्य राख्दै सांसद कार्कीले घोषणा नै पूर्ण नभई कार्यन्वयन पक्ष महत्वपूर्ण रहेकाले त्यसप्रति सबैको चासो, चिन्ता र प्रतिबद्धता रहेको बताए । घोषणा गर्दैमा बालबालिकाको अधिकार, भविष्य सुनिश्चित नहुने भएकाले सबै पक्षले कार्यन्वयनमा जोड दिनुपर्ने बताए ।
जिससका संयोजक परियारले जिल्लाका सबै स्थानीय तहमा आवश्यक समन्वय गरेर हरेक कुरालाई अगाडी बढाइरहेको बताए । त्यसैको परिणाम स्वरुप खाँबु बालमैत्री वडा घोषणा सफल भएको भन्दै अन्य सबै वडाहरु, पालिका र सिंगो जिल्लालाई घोषणाका लागि भूमिका खेल्ने बताए ।

मेयर चौधरीले नगरबासीका सबै किसिमका आवश्यकतालाई सम्बोधन गर्दै शिक्षित, स्वस्थ्य र समृद्ध नगर निर्माणमा जुटेको बताए । हरेक हिसावले शिक्षा महत्वपूर्ण रहेकाले बालबालिकालाई चौतर्फी विकासका साथै शिक्षामा जोड दिने बताए । उपमेयर देवी चौधरीले वडा नं. १५ ले पहिलोपटक वडालाई बालमैत्री घोषणा गरेर नगरपालिकाकै नाक राखेकोमा खुसी व्यक्त गरिन् । अवका दिनमा अन्य वडाहरुलाई अगाडी बढाउन र बालमैत्री वातावरणको सुनिश्चितताका लागि सबै लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षहरु, विषयगत क्षेत्रका प्रतिनिधि, नागरिक समाज, संघसंस्था, पत्रकारले शुभकामना मन्तब्य राख्दै बालमैत्री स्थानीय शासनका लागि आ आप्mनो क्षेत्रबाट भूमिका खेल्ने बताए । नगरपालिका अन्य वडाहरुलाई पनि क्रमशः गर्दै लैजाने जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: