मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

नायिका ऋचा शर्मा पनि आमा बन्दै, भावुक स्टाटस लेख्दै फ्यानहरुलाई जानकारी गराईन्

पूर्णपुष्टि, बैशाख १

नायिका तथा कमेडि च्याम्पियनको जर्ज ऋचा शर्मा पनि आमा बन्ने भएकीछिन् । नायिका शर्मा र दिपेक्ष विक्रम राणाले गतबर्षको वि.सं २०७६ सालको मंसिर महिनामा बिहे गरेका थिए ।

उनिले सामाजिक संञ्जालको फेसबुक पेजमा फ्यानहरुलाई आफु गर्भवती रहेको र गर्भमा एउटा जिवन हुर्किरहेको संकेत गरेकी छिन् ।

उनीले एउटा जिवन गर्भमा हुर्कदै गर्दा आफुलाई सौभाग्य ठानेको बताएकी छिन् । शर्माले गर्भमा हुर्कदैँ गरेको जिवनको स्वागतमा घरको दैलमा श्रीमान सँग बिरुवा रोपको समेत बताएकी छिन् ।

(शर्माले लेखेको स्टाटस जस्ताको तस्तै)

आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ । आज तपाईंहरु माँझ यो खÞुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ । एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो । त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, “छोरी आज ठुली भई ।“

 

 

प्रतिक्रिया

%d bloggers like this: