बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

पहिलो खेलमा विराटनगर विजय

एस् किराती
पूर्णपुष्टि/चौदण्डिगढी , असोज २४ गते ।

उदयपुरको बसाहामा सातौँ चौदण्डिगढी नारदमुनी गोल्ड कप सुरु भएको छ ।

चौदण्डिगढी नगरपालिका ४ को नारदमुनी रङ्गशालामा बुधबार देखि सातौँ नारदमुनी गोल्ड कप सुरु भएको हो ।

बसाहा क्लवको आयोजनामा भएको सातौँ गोल्डकपको उद्घाटन खेलमा विराटनगर ११ ले चर्च ब्वाईज काठमाण्डौलाई जिरोका विरुद्ध एक (०–१) गोलले पराजित गर्दै विराटनगर ११ मोरङ्ग विजय भएको थियो ।

खेल सुरु भएको ५९ औँ मिनटमा विराटनगर ११ का जर्सी नं ९ विरेन्द्र लिम्बुले एक गोल गरि सेमिफाईनलमा प्रवेश गरेको आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए ।
खेलमा विराटनगर ११ का लिम्बुले म्यान अफ द म्याच उपाधिको साथ चौदण्डिगढी नगरपालिका मेयार खगेन्द्र राईबाट २ हजार नगद सहित स्र्पोट सुज समेत प्रदान गरेको आयोजक अध्यक्ष राईले बताए ।

गोल्डकप असोज २४ गते बाट सुरु भई ३० गते फाईलन हुने खेलमा प्रथम पुरस्कार गोल्ड म्याडल, प्रमाण पत्र सहित ३ लाख नगद र द्धतिय पुरस्कार गोल्ड म्याडल, प्रमाण पत्र सहित १ लाख ५० हजार नगद रहेको राईले बताए ।

प्रतिक्रिया

%d bloggers like this: