शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

दोस्रो दिनको खेलमा बारा विजय

एस् किराती

पूर्णपुष्टि/चौदण्डिगढी , असोज २५ गते ।

उदयपुरको बसाहामा जारी सातौँ चौदण्डिगढी नारदमुनी गोल्ड कप दोस्रो दिनको खेलमा बारा विजय भएको छ ।

चौदण्डिगढी नगरपालिका ४ को नारदमुनी रङ्गशालामा जारी सातौँ नारदमुनी गोल्ड कपका दोस्रो दिनको खेलमा आयोजक क्लव र बारा ११ विच खेल भएको थियो ।

दोस्रो दिनको खेलमा आयोजक बसाहा क्लव र बारा ११ युथ क्लव विचको खेलमा आयोजक टिमलाई जिरोका विरुद्ध एक (०–१) गोलले पराजित गर्दै बारा ११ युथ क्लव विजय भएको आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए ।

खेलको ५८औँ मिनटमा बारा ११ का जर्सी नं ८ लक्ष्मण चौधरीले एक गोल गरि सेमिफाईनलमा प्रवेश गरेको राईले बताए ।

तेस्रो दिनको खेलमा ब्वाईज युनियन काठमाण्डौ र डिसिटी सुनसरी विच खेल हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया