मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

खुवालुङ ढुङ्गा, खुवालुङ क्षेत्रकाे प्रतिक हाे । अव, ‘खुवालुङ क्षेत्र’ भनाै : इतिहासकार एवम् बरिष्ठ पत्रकार काैशल चेम्जाेङ

पूर्णपुष्टि, बैशाख ४ ।

खुवालुङ, एउटा सांस्कृतिक क्षेत्र रहेको भन्दै यसलाई खुवालुङ क्षेत्र भनिनु पर्ने तर्क इतिहासकार एवम् बरिष्ठ पत्रकार कौशल चेम्जोङको छ । उहाँका अनुसार खुवालुङ भनेर बुझिराखिएको ढुङ्गा खुवालुङ क्षेत्रको प्रतिक हो ।

चेम्जोङका अनुसार खुवालुङ क्षेत्र अन्तर्गत कोशीको तीरका भागहरु मात्र नभई उदयपुर, धनकुटा, भोजपुर, सुनसरी र खोटाङका केही भागहरु पर्छन् । खुवालुङ क्षेत्रबाट किराँतीहरु र यस क्षेत्रमा बसोबास गर्ने मानिसहरु मानव सभ्याता सुरु भएको मानिने उहाँको भनाई छ । चुरेका फेदमा बस्ने मानिखुहरु थारु, धिमाल आदि, मध्येभागमा बस्ने राई, लिम्बु, मगर आदि र हिमाली भेगमा बस्ने भोटे, तामाङ, शेर्पा लगायतका जातीहरुको आदिम पुर्खाहरु छुट्टिएको ठाउँ खुवालुङ रहेको इतिहास छ ।

उहाँको तर्क छ –जसरी हिन्दुआर्य समुदायको रिसिया, स्लोक, उत्पती थलोको वर्णनमा आफुलाई जम्बुदिपबाट क्रमशः हिम्मतखण्डसम्म ल्याएर आउने प्रक्रिया जस्तै किराँतीहरुको मुन्धुममा खुवालुङलाई फलाक्ने गरिन्छ । त्यसैले खुवालुङ किराँतीहरुको उत्पती थलो, पवित्र स्थल, सांस्कृतिक धरोहर हो । किराँतीहरुमा थारु, धिमाल, राई, लिम्बु, याक्खा, सुनुवार, भोटे, हालु, थामी, तामाङ, मगर आदि पर्दछन् ।

चेम्जोङको कथन अनुसार मानवीय विकास क्रममा खुवालुङ क्षेत्र तर्न गाह्रो थियो । दाजुभाइले आप्mनो क्षेत्र छुट्याउदा पनि खुवालुङलाई सिमा राखेका थिए । सप्तकोशी तर्दा बीचको खुवालुङ ढुंगामा विसाउने, बास बस्नेसम्म गर्दथे । आदिम सभ्यतामा पानीले ढाक्न नसक्ने भएकोले सुरक्षित बासको रुपमा थियो ।

खुवालुङ क्षेत्रको प्रतिक खुवालुङ ढुंगालाई कुनै पनि बाहानामा फुटाउन, टुक्राउन वा सार्न नपाइने, त्यसको विकल्पमा अन्य कुराहरु गरेर त्यसको आसपासबाट जेटबोट, मिनी पानीजहाज चलाउन सकिने उहाँको भनाई छ । खुवालुङ अव सांस्कृतिक धरोहरको रुपमा प्रतिस्थापित भईसकेको हुदा यसको संरक्षणबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया