मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

लेखक तथा साहित्यकारलाई परिचयपत्र

बैशाख ६ ।

लेखक/साहित्यकारलाई परिचयपत्र दिने नेपाल प्रज्ञा–प्रतिष्ठानले कार्यविधि तयार गरेको छ ।

‘लेखक/साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ ।

संशोधनसहित कार्यविधि तयार पार्न प्राज्ञ परिषद् सदस्य प्राडा. योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको जनाएको छ ।

कुलपति  उप्रेतीले देशका वाङ्मय साधकलाई परिचयपत्र दिने पहिलेदेखिकै योजनालाई कार्यान्वयन गर्न यही महीनाभित्र राष्ट्रपतिबाट परिचयपत्र वितरण सुरुआत गरिने जनाएको छ ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले ‘लेखक÷साहित्यकार परिचयपत्र’ नामकरण गरिएको परिचयपत्रमा लेखक÷साहित्यकारको नाम÷उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ ।

परिचयपत्र पाउन सम्बन्धित लेखक÷साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया

%d bloggers like this: