मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

बैशाख अन्तिमसम्म चलचित्र भवनहरु बन्द

पुर्णपुष्टि, बैशाख ६ 

नेपाल सरकारले बैशाख अन्तिमसम्म धेरै भीडभाड हुने सबै क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । त्यसमा फिल्मि हलहरु पनि समावेश छन् । शहरी क्षेत्रमा कोभिड–१९ को जोखिम बढेको भन्दै आज गरेको मन्त्रिपरिषद्को  बैठकमा विद्यालय , चलचित्र भवन , रात्रीकालिन व्यपसाय लागायतको क्षेत्रहरु सञ्चालनमा नल्याउने सरकारले निर्णय गरेको हो ।

गएको वर्षमात्रै पौष २६ गते देखि सरकारले ५० प्रतिशत अकुपेन्सिमा हलहरु सञ्चालन गर्न दिएको थियो । हलहरु सञ्चालनमा आयतापनि चलचित्र हेर्न आउने दर्शकहरुको उपस्थिति भने पातलो देखिएको थियो । हलहरु सञ्चालनमा आएको ३ महिनामा फेरी बन्द गरिने भएको छ ।

३ महिनासम्म खुलेको हलमा नयाँ विदेशी र नेपाली फिल्म  रिलिज भएतापनि हलमा दर्शकको उपस्थिती भने पातलो देखिएको थियो । बैशाख अन्तिमसम्म फिल्मी हलहरु बन्द भएपछि कहिले देखि सरकारले सञ्चालनमा ल्याउने, त्यो अनुमान गर्न नसकिने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया

%d bloggers like this: