मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

ग्ल्यामर गफ को प्रशारण अनिश्चितकालको लागि बन्द

पुर्णपुष्टि, बैशाख ७

रगं पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा चलाउदै आएको मनोरञ्नात्मक कार्यक्रम ( रजतपट र ग्ल्यामर गफ ) अनिश्चित कालको लागि बन्द गरीएको छ । एपीवन टेलिभिजनको बोर्ड बैठकले सुवेदीको विवादस्पदको कार्यक्रमलाई अनिश्चित कालको लागी बन्द गरेको छ ।

सुवेदिले एपीवान टेलिभिजनमा चलाउदै आएको ( रजतपट) कार्यक्रममा नायिका शिल्पा पोखरेलको बारेमा एउटा समाचार प्रशारण गरेका थिए । समाचार प्रशारण हुने बित्तिकै शिल्पाले एपीवानमा आफ्नो चरित्र हत्या गरिएको भन्दै उजुरी गरेका थिए । शिल्पाले उजुरी लगाएपछि एपीवनको बोर्ड बैठकले शिल्पाको अन्तरवार्ता भन्दा उनी सम्बन्धित अरु कुनै पनि रिपोर्ट प्रशारण नगर्न भनिएर सुवेदीलाई पत्र बुझाएको थियो ।

सुवेदीले नै चलाउँदै गरेको( ग्ल्यामर गफ ) कार्यक्रममा निर्माता छविराज ओझासंगको अन्तरवार्ता प्रशारण भएको थियो । यस अन्तरवार्ताको प्रशारण भएपछि शिल्पाले कार्यक्रम नै बन्द गनुपर्छ भन्दै एपीवनमा उजुरी गरेकी हुन् । बोर्ड बैडकले छविको अन्तरवार्ता प्रशारण भएपछि शिल्पाको उजुरीको आधारमा सुवेदीले चलाउदै गरेको दुवै  कार्यक्रमहरु अनिस्चितकालको लागि बन्द गरेको हो ।

रजतपट भन्दा पनि ग्ल्यामर गफमा छविको अन्तरवार्ता प्रशारण भएपछि कार्यक्रम बन्द गर्ने निर्णय सहितको पत्र सुवेदीलाई दिएको  एपीवानको बोर्डले जनाएको छ ।

असारसम्म कार्यक्रम चलाउन पाउने सम्झैता भएको भन्दै कार्यक्रम बन्द नहुने संचारकर्मि सुवेदीले जनाएको छ ।

 

प्रतिक्रिया

%d bloggers like this: