मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

पहिलो पटक ऐतिहासिक बृहत विश्व नेपाली साहित्य सम्मेलन हुँदै

 पूर्णपुष्टि, बैशाख ८

नेपाली साहित्यलाई विश्वभर जोड्दै नेपाली साहित्यको गरिमालाई उच्च पार्न बृहत रुपमा विश्व नेपाली साहित्य सम्मेलन गरिने भएको छ ।

जहिल्यै पनि नेपालको लागि जाहाँ पनि नेपालीको लागि भन्ने नाराका साथ अन्तराष्ट्रिय नेपाली समाज (इन्स) को आयोजनामा यहि बैशाख १०, ११ र १२ गते साहित्य सम्बन्धि बिभिन्न गतिविधिका साथ सम्मेलनको आयोजना गरिने भएको हो ।

नेपालबाट कामको शिलशिलामा बिदेशको बिभिन्न देशमा रहेका नेपाली सर्जकहरुलाई प्रोत्साहन गर्ने र विश्वको कुना कुना सम्म नै नेपाली भाषा साहित्यलाई परिचित गराउने भन्दै पहिलो विश्व नेपाली साहित्य सम्मेलन गर्न लागिएको अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो । बुधबार सम्मेलनबारे भर्चुअल जुम मिटिङबाट पत्रकार सम्मेलनमा बोल्दै विश्वको बिभिन्न मुलकमा रहेर नेपाली साहित्यलाई बचाउन कलम चलाइरहेका सम्पूर्ण सर्जकहरुलाई सामाजिक संञ्जालको माध्यमबाट भर्चुअल भेटघाटबाटै आफ्नो प्रस्तुति राख्ने गरी सम्मेलनको तयार गरिएको अध्यक्ष घिमिरेल जानकारी दिनुभयो ।

सम्मेलन कार्यक्रममा विशिष्ट नेपाली साहित्यकार तथा समालोचकका साथै विश्वरभ छरिएका नेपाली साहित्य सर्जकहरुको भव्य सहभागिता  रहने घिमिरेले बताउनुभयो ।कार्यक्रमको पहिलो दिन सम्मेलनको उद्घाटन सत्र, कविता विशेष सत्र, महिला विशेष सत्र, मातृभाषा विशेष सत्र, डायस्पोरा विशेष सत्र, आख्यान सत्र र छलफल तथा समापन सत्र गरी ७ विशेष सत्रको कार्यक्रम रहने आयोजक समितिका संयोजक डा जानुका पौडेलले जानकारी गराउनुभयो । पौडेलले पहिलो कार्यक्रम सँगै क्रमश तालिका अनुसार अन्य कार्यक्रमहरुलाई प्राथामिकता दिने बताउनुभयो ।समितिका माहासचिव अर्जुन श्रीले दुई दिनमा सम्पन्न गर्ने पूर्वतयारी भए पनि १ दिन थप गरी १२ गते छलफल तथा समापन सत्र गर्ने गरी १२ गते सम्म कार्यक्रम तयार पारिएको बताउनुभयो ।

उहाँले सम्मेलनको गतिविधिलाई समिक्षा गर्ने गरी थप १ दिनको समय राखि ३ दिनको कार्यक्रम रहेको बताउनुभयो ।

सम्मेलनको उद्घाटन सत्रमा नेपाली कविता सिर्जनाहरु ः (अनुभूतिका वहारहरु शीर्षकमा) कवि सरुभक्त, (कविता सिर्जनाका अन्तरवस्तुहरु शीर्षकमा डा. तीर्थ श्रेष्ठ) र कवितामा मौलिक बिम्वको प्रयोग शीर्षकमा कवि उपेन्द्र सुब्बाले आफ्ना सिर्जनाको साथ वक्तव्य राख्ने  समाजका उपाध्यक्ष ईश्वर राइले बताउनुभयो ।कविता विशेष सत्रमा नेपाली कविता ः बदलिदो परिवेश– डा. गीता त्रिपाठीको कार्यपत्र प्रस्तुत हुनुका साथै पुण्य कार्की, स्वप्निल स्मृति, सुदेश सत्याल, जीवन चामलिङ, विकास मगर, नवीन, विक्रम पवन परियार, असीम सागर, टीका आत्रेय, महेश कार्की ’क्षितिज’ दीप सुदीप, जयन्ती मगर ’सरगम’, लिला राणामगर, विक्रम याक्खा लगायतको कविता वाचन हुनेछ । लोकसाहित्य विशेष सत्रमा

नेपाली लोक साहित्यः पनरावृत्तिका आभासहरु) शीर्षकमा डा. प्रभा भट्टराईको कार्यपत्र प्रस्तुत हुनेछ भने दुर्गा भवानी भट्ट, उत्तम तुम्सा लिम्बुको कविता र टंक आलेमगरको लोककथा वाचन हुने भएको छ ।

“दोस्रो दिन वैशाख ११ गते महिला विशेष सत्रमा ’नेपाली साहित्यमा महिलाहरुको वर्तमान अवस्था, चुनौति र अवसर’ शीर्षकमा डा. रेणुका सोलुले कार्यपत्र प्रस्तुत गर्नेछन । रचना वाचनमा उर्मिला निर्दोषी (अमेरिका), नीतु खतिवडा (इजरायल),  नमिता दवाडी (न्युजिल्यान्ड), शुभद्रा थापा भन्डारी (अष्ट्रिया ), लिली अधिकारी (नेपाल), दीक्षा भण्डारी (नेपाल), शुभलक्ष्मी कोईराला ( नेपाल), इन्दिरा चामलिङ (बेल्जियम), सीता अधिकारीको (नेपाल बाट प्रस्तुती रहने अन्तर्राष्ट्रिय नेपाली समाज महिला समितिका महासचिव सुभद्रा थापा भण्डारीले जानकारी गराउनुभयो । यसै गरि मातृभाषा विशेष सत्रमा  नेपालमा मातृभाषा साहित्यको अवस्था ः एक विवेचना शीर्षकमा डा. तारामणि राईको कार्यपत्र प्रस्तुत रहने छ भने रचना वाचनमा बिजय दत्त मणि, प्रमोदकुमार पाण्डे, पवित्रा थापामगर, बिजय बलम्ताली, अरुण कोइमी, पुष्पहाङ लोहा, अर्पण उत्कर्ष, कुशुम गुरुङ रहनेछन्  ।

विश्वमा नेपाली साहित्य विस्तारका चुनौती र अग्रगामी मार्गहरु शीर्षकमा डा. बाबुराम खनाल, डायस्पोराका कथा व्यथा र भूमिका शीर्षकमा निलम कार्की निहारीका, डायस्पोरामा महिला साहित्य कथा, व्यथा र भूमिका शीर्षकमा गोवर्ध्दन पूजाको कार्यपत्र प्रस्तुत डायस्पोरा विशेष सत्रमा हुनको साथै सृजना वाचन डा. मधुकृष्ण. श्रेष्ठ ’माधुर्य’ दीप पाठक, शकुन आँशु, दीपा राई पुन, जीवन खत्री, शरद पोख्रेल, प्रमोद सारंग, कृष्ण विश्वकर्मा, अजित क्षेत्री, हरिशरण परियार, जीवन खड्कामगर, नदिश, के. वि. पारखी र प्रतिमा केसी रहनेछन् ।आख्यानसत्रमा नेपाली आख्यान, आयाम र प्रयोगहरु शीर्षकमा प्राडा राजेन्द्र सुवेदीको कार्यपत्र प्रस्तुत हुनेछ भने लघु, लोककथा तथा कवितामा  किशोर सुव्बा, डा.किस्मत भण्डारी, शारदा पौडेल निशाझ, श्याम सुवेदी, रमेश जोशीको रचना वचान रहनुका साथै समकालीन नेपाली निबन्धः नियात्राको स्वरुप र गतिमा युवराज नयाँघरे, नेपाली साहित्यमा संस्कृतको प्रभावः अनुभूतिका झङ्कारहरु शीर्षकमा  डा. अलका आत्रेय चुडालहरूबाट कार्यपत्र प्रस्तुत हुनेछन् ।नेपाली साहित्यको अनुसन्धान विशेष सत्रमा नेपाली भाषा तथा साहित्य सम्बन्धि अनुसन्धान पद्दति ः कठिनाइ, चुनौति र आजको आवश्यकता शीर्षकमा प्राडा नेत्र एटमको कार्यपत्र प्रस्तुत हुनुको अलवा प्राडा मोतीलाल घिमिरे, डा. चैतन्य अधिकारी, निलकण्ठ उप्रती, महेश प्रसाईँ, निर्भीकजंग रायमाझी र सिर्जना शर्माको रचना वाचन हुनेछ ।

 

प्रतिक्रिया

%d bloggers like this: