मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

उदयपुरको तोपराज ब्याटल राउण्ड पार गर्दै भ्वाइसको नक आउटमा प्रवेश

पूर्णपुष्टि, बैशाख ११

उदयपुरको तोपराज भ्वाईसको नकआउटमा प्रवेश गरेको छ । नैपालकै चर्चित र्यालिटि सो द भ्वाईस अफ नेपालमा उदयपुरका प्रतिस्पर्धि तोपराज राईले ब्याट राण्ड पार गर्दै नकआउट चरणमा प्रवेश गरेको हो  ।

शुक्रबार देखि सुरु भएको ब्याटल राउण्डमा आफ्नो बेस्ट प्रस्तुति दिएर कोचको मन जित्न सफल भएपछि उनले नक आउटको यात्रा तय गरेको हो । कोच तिर्सनाको टिममा रहेको तोपराजको ब्याटल सोहि टिमका अर्को प्रतिस्पर्धि सन्देस सिटाउला सँग परेको थियो ।

उनिहरु दुवैले निकै राम्रो प्रस्तुति दिएको थियो । तर कार्यक्रमको नियम अनुसार नक आउटमा एक जनालाई मात्र लिएर जानु पर्ने भएकोले तिर्सनाले तोपराजलाई छानेको थियो । अन्य कोचहरु राजु र दिपले तोपराजको प्रस्तुति मन पराएको थियो भने प्रमोदले सन्देशको प्रस्तुतिलाई मन पराएको थियो । उदयपुरबाट हाल भ्वाईसमा २ जना सहभागी छन् । उदयपुर बेलका नगरपालिका बाट शोभा तामाङ र तोपराज कटारी बाट  प्रतिस्पर्धि छन् । तोपराजले नकआउट प्रवेश गरिसकेको अवस्था छ भने शोभाले ब्याटलमा प्रस्तुति दिन बाँकी छ । शोभा टिम दिपमा आवद्ध रहेको छ ।

 

प्रतिक्रिया

%d bloggers like this: