मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

विश्व नेपाली साहित्य सम्मेलन भर्चुअल रुपमा भव्य सम्पन्न

 पूर्णपुष्टि बैशाख १३

अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) द्वारा आयोजित विश्व नेपाली साहित्य सम्मेनल भव्यरुपमा सम्पन्न भएको छ ।

गत शुक्रवार वैशाख १० गते सुरु भएको सम्मेलन ११ र १२ गते गरि तीन दिनसम्म संचालन भएको हो ।

भर्चुअलरुपमा आयोजना गरिएको सम्मेलनलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्घाटन सत्र, कविका कुरा, कविता विशेष सत्र, लोकसाहित्य विशेष सत्र, गजल विशेष सत्र, महिला विशेष सत्र, मातृभाषा विशेष सत्र, डायस्पोरा विशेष सत्र, आख्यान विशेष सत्र, नेपाली साहित्यको अनुसन्धान विशेष सत्र र  छलफल तथा समापन सत्रगरि ११ ओटा सत्रमा विभाजन गरिएको थियो ।

पोखरा विश्व विद्धालयका उपकुलपति प्रा.डा प्रेमनारायण अर्यालको प्रमूख आथित्यतामा उद्घाटन सत्र सुरु गरिएको थियो ।

कार्यक्रममा बिषेश गरी साहित्य सम्बन्धि गतिविधिलाई ध्यानमा गरिएको थियो । साहित्यको बिभिन्न विद्या अन्तर्गत कविका कुरा, कविता विशेष, सत्र लोकसाहित्य, विशेष सत्र, गजल विशेष सत्र, महिला विशेष सत्र , मातृभाषा विशेष सत्र, डायस्पोरा विशेषः आख्यानसत्र लगायत कार्यक्रमहरु राखिएको थियो ।

सम्मेलनमा विश्वभर छिरियर रहेको नेपाली साहित्यकारहरुलाई जोड्दै आफ्नो विद्या अनुसारको साहित्यहरु प्रस्तुत गर्नुका साथै साहित्य, शिक्षा तथा भाषा विज्ञहरुलाई समेत कार्यक्रममा जोडेको अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) को उपाध्यक्ष इश्वर राईले जानकारी गराउनुभयो ।

समाजका अध्यक्ष अर्जुन घिमिरेले सम्मेनलको समापन गर्दै विज्ञ समुहसँग थप परामर्श गरेर चाँडै घोषणापत्र जारी गरिने बताउनु भयो । त्यसैगरी सम्मेलनमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्मेलनको समापन गर्नु भएको थियो ।

 

प्रतिक्रिया

%d bloggers like this: