मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

राजकुरमार रावले ‘मोनिका, ओ माई डार्लिङ्ग’ फिल्मका लागी लिए १५ करोड

पुर्णपुष्टि , बैशाख १४ श्रीराम राघवनको नयाँ चलचित्र ‘मोनिका, ओ माई डार्लिङ्ग’मा बलिउडका नायक राजकुमार राव र नायिका हुमा कुरेसी काम गर्दैछन् । नेटफ्क्लिसले निर्माण गर्दै गरेको यस चलचित्रमा राजकुमारले महंगो पारिश्रमिक लिएको भारतीय मिडियाले जनाएको छ । यस चलचित्रमा काम गर्नको लागी उनले १५ करोड पारिश्रमिक लिएको भारतीय मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । राजकुमार बलिउडको सफल कलकारको रुपमा अगाडि बढ्दै आएका छन् । उनले अभिनय गरेका चलचित्रहरुको व्यापारिक सफलता मात्र नभएर उनको अभिनयको पनि निकै चर्चा हुने गरेको छ । त्यसै कारणले गर्दा पनि उनले महंगो पारिश्रमिक लिएका हुन् । सन् २०१० मा बलिउडमा डेब्यू गरेसँगै राजकुमार लामो रेशमा निस्केको घोडा जस्तै देखिएका छन् । नेटफ्क्लिसले नै निर्माण गर्दै गरेको नयाँ चलचित्र ‘दि वाइट टाइगर’मा पनि उनले काम गरिरहेका छन् । बलिउडमा उत्कृष्ट कथावस्तुमा काम गर्ने नायकको रुपमा राजकुमार परिचित भईसकेका छन् । यसै कारणले गर्दा पनि दर्शकमा उनीप्रतिको विश्वास अझ बढेको छ ।

प्रतिक्रिया