मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

राज्यबाट दिईने सुविधा नपाएकाे उद्यमीहरुकाे गुनासाे

पूर्णपुष्टि, वैशाख १६ ।

घरेलु तथा उद्याेगी, उद्यमीहरुले राज्यबाट छुट्याइएकाे सुविधा पाउन नसकेकाे गुनासाे गरेका छन् । नेपाल घरेलु तथा साना उद्याेग महासंघ, उदयपुरकाे बैठक तथा भेलाका सहभागिहरुले यस्ताे गुनासाे गरेका हुन् ।
स्थानीय, प्रदेश र केन्द्रिय सरकार तथा विभिन्न वित्तिय क्षेत्रबाट उद्यमीहरुकाे नाममा छुट्याएकाे सुविधा पाउन नसक्ने, केहि उद्यमीले पाउदा पनि झन्जटिलाे प्रक्रिया रहेकाे उनिहरुले बताए । बैंकहरुले महिला उद्यमीहरुलाई विनाधिताे सहुलियत रिण दिने भनेपनि चाहेजस्ताे पाउन नसकेकाे उनीहरुकाे भनाई छ । स्थानीय सरकारले उद्यम क्षेत्रकाे नारा बनाए पनि व्यवहारमा प्रतिवद्ध नरहेकाे गुनासाे आएकाे छ ।
उद्यमी एकता र हक, अधिकार प्राप्तीमा डटेर लाग्ने प्रतिवद्धता सहभागिहरुले गरेका छन् । महासंघकाे प्रदेश सदस्य प्रदिप गिरीकाे उपस्थिति तथा जिल्ला अध्यक्ष मधुकर थापाकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।
बैंठक तथा भेलाले केन्द्र र प्रदेश प्रतिनिधिहरुकाे चयन पनि गरेकाे छ ।

प्रतिक्रिया

%d bloggers like this: