मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

लिम्चुङबुङ दोस्रो ट्रेल रेसमा पुरुष तर्फ रिजन राई प्रथम, महिला तर्फ मनिषा राई

  पूर्णपुष्टि, बैशाख १६

लिम्चुङबुङ दोस्रो ट्रेल  रेस पुरुष र महिला तर्फको उपाधी रिजन राई र मनिषा राईले जितेको छ । पालिकाको ८६ जना सहभागी प्रतियोगिहरु मध्यको रेसमा १६ किमीको ट्रेल रेस एक घण्टा २९ मिनेटमा पार गर्दै पुरुष तर्फको उपाधि रिजन राईले हात पारेका हुन् ।

यता महिला तर्फको उपाधिका लागि मनिषा राईले दुई घण्टा एक मिनेट खर्चेर पहिलो स्थान प्राप्त गरिन् ।पुरुष तर्फको दोस्रो बाराहाका अर्जुन खत्री भए । भने बलम्ताका तुफान राई तेस्रो भए । खत्रीले एक घण्टा ३० मिनेटमा र तुफानले एक घण्टा ३३ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो र तेस्रो स्थान सुरक्षित गरे ।

महिला तर्फको दोस्र स्थान प्राप्त गर्ने बलम्ताकै केसुका राई रहेकिछिन् भने जातेका रमिला राई तेस्रो भइन् । केसुका राईले दुई घण्टा पाँच मिनेट र रमिला राईले दुई घण्टा ११ मिनेटमा १६ किमी पार गर्दै दोस्रो र तेस्रो स्थानलाई सुरक्षित गरिन् ।प्रतियोगितमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश १० हजार, ८ हजार, ५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । प्रथम लिम्चुङ्गबुङ्ग ट्रेल रेसमा खुल्ला प्रतियोगिता गरिए पनि यो पटक कोभिड–१९ का कारण पालिकाभरिका खेलाडीहरुलाई मात्र सहभागी थियो ।

 

प्रतिक्रिया

%d bloggers like this: