मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

लाफागाउँ बलात्कार हत्याकाण्ड : एल्जिनाको अन्तिम दाहसंस्कार

उदयपुर, कात्तिक २९ गते ।

उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षिय बालिका एल्जिना खड्काको शब पोष्टमार्टमपछि अन्तिम दाहसंस्कार गरिएको छ ।
विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार पोष्टमार्टम गरि गाईघाट ल्याईएकोमा बुधबार परिवारले जिम्मा लिई अन्तिम दाहसंस्कार गरेको हो ।

हिन्दु सस्कार अनुसार बालिकाको अन्तिम दाहसस्कार गरिएको मृतकको बुवा दुर्गबहादुर खड्काले बताए । गत शनिबार बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका– ३ लाफागाउँ अमला भञ्याङ्गकी एल्जिना खड्काको शव अर्धनग्न अवस्थामा भोलीपल्ट आइतबार फेला परेको थियो ।

उनको बलात्कारपछि हत्या भएको ठहर गर्दै प्रहरीले अनुसन्धान अपराधी नजिक पुगेको जनाएको छ । घट्नामा संलग्न भएको आशंका तथा सोधपुछका लागि प्रहरीले ६ जना युवालाई पक्राउ गरेका मध्ये चारजनालाई मंगलबार नै छाडिएको छ भने अनुसन्धानले घटनामा संलग्न देखाएको २ जनामाथि थप प्रमाण जुटाउने काम भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । पोष्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट अपराधी छिटै एकिन गरि सार्बजनिक गरिने प्रहरीले जनाएको छ ।

भिडियो पनि हेर्नुहोस्…

प्रतिक्रिया

%d bloggers like this: