मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

४ संक्रमितको उपचारको क्रममा मृत्यु

पूर्णपुष्टि, बैशाख २१

धनगढीमा आज ४ कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जानकारी दिए । वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताए ।

धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको पनि उपचारको क्रममै मृत्यु भएको उनले उक्त कार्यालयले बताएको छ ।

 

प्रतिक्रिया

%d bloggers like this: