मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

३ महिना सम्म कैदको व्यवस्था छ, नियम उलंघन गर्नेलाई कडा कार्वाही गर्छौ ः एसपी दाहाल

पूर्णपुष्टि, बैशाख २१

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमवहादुर दाहालले हाल कोरोनाको जोखिममा लगाइएको बन्देजमाथी अटेर गर्नेलाई कडा कर्वाही हुने बताउनु भएको छ ।

देशव्यापी रुपमो संकट आईराख्दा जिल्लामा पनि यसको कुनै ठेगान नभएको हुँदा पूर्व सतर्कता र कम जोखिम बहन गर्नका लागि (डिसीसीएमसी) निर्णयमा कोरोना व्यवस्थापन र नियन्त्रणको लागि यातायात बन्द गर्ने निर्णय गरिएको छ भने बजार व्यवस्थितका साथ चाउने निर्णय भएको छ ।

यसै निर्णयलाई आधारमानि आईतबार राति ८ बजेदेखि २५ गते ८ बजे सम्म लागु हुने गरी यातायात पूर्ण रुपमा ठप्प पारिएको छ भने ब्यापार व्यवसायलाई कम समयमा स्वास्थ्य मापदण्ड अनुरुप १० देखि ३ बजे सम्म संञ्चालन गर्न भनिएको छ ।

दाहालका अनुसार जिल्लामा नागरिकहरु निकै अनुशासन देखिएको बताउनुभयो । प्रहरीले बिगतका दिनहरुमा माहामारी सम्बन्धि बिभिन्न जनचेतनाका कार्यक्रमहरु समेत गरिसकेको बताउनुभयो ।

संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिहरुमा सो अनुशासन हुनु पर्ने बताउनुभयो । आम नागरिकहरु एकजुट भई कोरोना संक्रमण न्युनिकरणमा जोड गर्न सबैमा अनुशासनको जरुरी रहेको बताउनुभयो । सामाजिक दुरी, मास्क, सेनिटाईजर, घरमै सुरक्षितको उपाय लगायत कार्यहरु नै अनुशासन भित्र पर्छ यो सकरात्मक पाइएको छ, एसपी दाहालले भन्नुभयो । दाहालले कुनै कुनै निकै अटेरी व्यक्तिहरु पनि पाइएको बताउनुभयो ।

त्यस्ता व्यक्तिहरुलाई पनि प्रहरीले गर्ने कार्वाहीको उपायहरु प्रसस्त रुपमा रहेको बताउनुभयो । जानाजान अटेरी गर्नेलाई संक्रमण रोग ऐन अन्तर्गतका कर्वाहरु पनि प्रहरीले सुरु गरेको छ । मास्क नलगाउनेहरुलाई सय रुपया जरीवाना समेत लिने गरेको दाहालले बताउनुभो । संक्रमण रोग ऐन अन्तर्गत ३ महिना सम्म कैदको समेत व्यवस्था छ, आवश्यक अनुसार जरिवाना र कैद दुवै पनि हुन सक्ने कानुनमा व्यवस्था छ ।

एसपी दाहालले उदयपुरमा सुरक्षाको क्षेत्रमा निकै कडाई गरिएको र कोरोना संक्रमा व्यवस्थापनको  लागि कामहरु भईरहेको बताउनुभयो । दाहालले हाल संक्रमितहरुको व्यवस्थापनका लागि चौदण्डीमा ६०, त्रियुगा आँखा हस्पिटलमा ४० र कटारीमा २५ जनाको क्षमतामा हस्पिटलहरु समेत तयार भईसकेको बताउनुभयो ।

 

 

 

प्रतिक्रिया

%d bloggers like this: