मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

भारतको केहि राज्यमा संक्रमण घट्दै

पुर्णपुष्टि, बैशाख २१ 

भारतको बिभिन्न राज्यमा कोरोना संक्रमणको दर घटेको पाइएको छ । कोरोनाभाइरसको दोस्रो लहरले भयवह देखिएको भारतमा मे महिना लागे पछि केही राज्यहरूमा दैनिक संक्रमितको संख्या घट्दै आएको देखियो ।

भारतको महाराष्ट्र, पञ्जाब, दिल्ली, उत्तर प्रदेश, तेलंगना, मध्य प्रदेश र उत्तराखण्डमा संक्रमितको संख्या दैनिक घट्दै गएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतमा अप्रिल ३० मा ४ लाख बढि मानिसहरु कोरोना संक्रमित भएको थियो । मे महिना देखि संक्रमितको संख्या घट्न थालेको हो । मे १ मा ३ लाख ९२ हजार, मे २ मा ३ लाख ६८ हजार हुँदै मे ३ मा ३ लाख ५५ हजार संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरेको छ ।

भारतमा सोमबार मात्रै ३ हजार ४ सय ३४ जना संक्रमितको मृत्यु भएको छ । संक्रमण घटे पनि ज्यान गुमाउनेको संख्या भने घटेको छैन । दैनिक रुपमै ३ हजार बढी संक्रमितको भने मृत्यु भईरहेको छ ।

केहि राज्यमा संक्रमण घटेतापनि बिहार, आन्धप्रदेश, केरला राज्यमा भने अझै पनि संक्रमणको संख्या बढिरहेको देखिएको छ । केहि राज्यमा घटेको संक्रमणले भारत ढुक्क हुने कुरा भने छैन् ।

प्रतिक्रिया