मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

गस्तिमा चट्याङ लागेर प्रहरी साहयक निरिक्षको मृत्यु

पूर्णपुष्टि, बैशाख २१

झापामा एक प्रहरी सहायक निरिक्षकोको चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो ।

झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक ४७ वर्षिय महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको थापाले बताउनुभयो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनको तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । भारत सँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो ।

 

 

 

 

प्रतिक्रिया