बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

के खाने के नखाने खाली पेटमा ?

मानिसले खानपनिमा जति ध्यन दिन्छन् उतिकै कुन समयमा के खाने के नखाने भन्ने बारेमा पनि ध्यन दिनु जरुरी छ । जे भेट्यो त्यो जति बेला पायो त्यतिबेला खादा स्वास्थ्यमा असर गर्न सक्छ ।

खालीपेटमा के नखाने ?

दही – खालिपेटमा दही खानाले स्वास्थ्यमा असर गर्ने गर्दछ । दहीमा पाइने हाइड्रोक्लोरिक एसिडले स्वस्थ ब्याक्टेरियालाई नष्ट गर्दछ ।

केरा – मानिसले खालिपेटमा केरा खानु हुदैन । केरामा प्रशस्त मात्रामा म्याग्नेसियम हुने हुनाले रगतमा मिनरल्सको मात्रा बढ्न सक्छ । मिनरल्सको मात्रा बढेमा मुटुलाई असर गर्ने गर्दछ ।

सिट्रस फल – मानव शरिरको लागि सिट्रल फल आवश्यक भएपनि खालि पेटमा भने खानु हुदैन । यस फलमा अधिक मात्रामा साइट्रिक एसिड पाईने भएकोले खालिपेटमा खानाले म्यूकस मेम्ब्रेन (श्लेष्मा) लाई क्षति गर्ने भएकोले स्वास्थ्यमा असर गर्ने गर्दछ ।

खाली पेटमा के खाने ?

मह – खालि पेटमा मह खानु राम्रो मानिन्छ । महमा खनिज, अमीनो एसिड, भिटामिन र रोगप्रतिरोधी तत्व हुने भएकोेले शरीरमा प्रतिरोधक क्षमता बढाउँने गर्दछ । मह सेवन गर्नाले पाचन शक्ति बढाउने र बिरामीहरूलाई पनि लाभदायी हुन्छ ।

काजुरबदाम – मानिसका स्वास्थ्यको लागि बदाम काजु लगायतका पोषिलो गेडागुडीबाट प्रोटीन प्राप्त गर्ने गर्दछ । यसमा भिटामिन, खनिज, ओमेगा ३ फैटी एसिड र एंटीआँक्सीडेंट पाईन्छ ।

तरबूज – तरबूज सेवन गर्नाले मानिसको इलेक्ट्रोलाइट वा तरलताको स्तरलाई नियन्त्रण गरि भिटामीनलाई संचालन गर्ने गर्दछ । उक्त फलमा फ्लेवेनाँइड नामक एंटीआँक्सीडेंट हुने भएकोले संक्रमणबाट बचाउँछ ।

प्रतिक्रिया