Date
बुध, असार २, २०७८
Wed, June 16, 2021

निशेधाज्ञमा के गर्न पाइने, के नपाइने ? प्रशासनकाे यस्ताे छ निर्देशन -Purnapusti Khabar

पूर्णपुष्टि, वैशाख ३१ ।

उदयपुरमा कोरोना संक्रमण तिब्र बढ्दै गएपछि निशेधाज्ञ थपिएको छ । भरै राती १२ बजेदेखि लागु हुने गरी ७ दिनका लागि निशेधाज्ञ जारी भएको हो । गत २४ गते जारी भएको निशेधाज्ञ आज सकिए लगत्तै अर्को ७ दिनका लागि जारी भएको हो । जिल्लाभर लागु हुनेगरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६,३ र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट निशेधाज्ञ जारी भएको हो ।

निषेधित कार्यहरु प्रशासनले प्रष्ट रुपमा सार्वजनिक गर्दै कडाइ गर्ने जनाएको छ । सार्बजनिक आवागमन, भेला, जमघट, सभा, समारोह निषेध छ । खेलकुद, नाचगान, मेला, जात्रा, भोजभतेर, हाटबजार बन्द गरिएको छ । मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च आदिमा भेला हुन रोक छ । सामुहिकरुपमा आश्रय लिइ बस्न र भेला हुन पनि निषेध छ । जुलुस, प्रदर्शन, तालिम, गोष्टी बन्द छ । यसका साथै रंगशाला, कवर्डहल, खेलकुद स्थान, मनोरन्जन स्थान, जिमहल, स्विमिङपुल, पार्टी प्यालेस, सैलुन, ब्युटिपार्लरहरु बन्द गरिएको छ । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र पनि बन्द गरिएको छ ।

त्यसैगरी,  सार्बजनिक तथा निजी सवारी सन्चालनमा पनि कडाइ गरिएको छ । खाद्यबस्तु, पेट्रोलियम पदार्थ, पानी तथा अत्यावश्यक सामग्री बोकेको ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा बढिमा २ जना बोकेको एम्बुलेन्स, स्वास्थ्यकमीृ तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्ला प्रवेशमा रोक लगाइएको छ । भिडभाड हुने गरी ब्यापार, ब्यवसाय, निर्माण कार्य गर्न र श्रमिकहरुको ओसार तथा प्रयोग गर्न पाइनेछैन ।

अत्यावश्यक काममा निस्कदा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएकाे छ ।  विवाह तथा ब्रतबन्धको हकमा बढिमा १५ जना मात्र जम्मा हुन पाउने । त्यो पनि प्रशासनको अनुमति लिइ, स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर मात्र । विवाहका लागि जिल्ला बाहिर जान परेमा बढिमा ७ जना मात्र जान पाउने छ ।  अत्यावश्यक कामले बाहिर निस्कनुपर्दा अनिबार्य मास्क लाउने, सेनिटाइजर प्रयोग गर्ने, कम्तिमा २ मिटर भौतिक दुरी राख्ने भनिएको छ । जिल्ला भित्रका सरकारी, निजी तथा गैर सरकारी क्षेत्रले आफ्नाे निकायबाट प्रदान गरिने अतिआवश्यक सेवा हाललाई स्वास्थ्य मापदण्ड अपनाई न्यूनतम जनशत्तिबाट प्रवाह गर्न निर्देश गरिउको छ ।

प्रतिक्रिया

%d bloggers like this: