Date
बुध, असार २, २०७८
Wed, June 16, 2021

राष्ट्रिय संकटमा याेगदान : एसजी ग्रुपले मुनाफाविनै अक्सिजन दिने

पूर्णपुष्टि, जेठ १ । देशलाई संकट परेकाे वेला सबैले आ-आफ्नाे क्षेत्रबाट याेगदान गर्नु हरेक नागरिककाे कर्तब्य हाे । यसैकुरालाई मध्यनजर गर्दै नेपालकाे एक प्रतिष्ठित व्यवसायि शिवप्रसाद घिमिरे नेतृत्वको एसजी ग्रुपले मुनाफा बिनै अक्सिजन उपलब्ध गराउने भएकाे छ। काेराेना  संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन सहज रुपमा नपाउदा ज्यान गुमाईनेहरुकोसमेत संख्या बढीरहेको तर्फ मध्यनजर गर्दै  निजी क्षेत्रको एसजी ग्रुपले छिमेकी मुलुक चिनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्री ल्याउने भएको छ ।  संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तथा अस्पतालहरुले अक्सिजन अभाव भएको भन्दै विरामीहरुलाई भर्ना लिन नमानिरहेको समयमा एसजी ग्रुपले छिमेकी मुलुक चिनबाट अक्सिजन व्याग, अक्सिजन माक्ससहित अक्सिजन सिलिण्डर ल्याउन लागेको हो ।

अक्सिजन कोभिडका विरामीहरुको उपचारका लागि अत्यावश्यक रहेको भएपनि सरकारी तथा निजी क्षेत्रले पनि आवश्यक अनुसार व्यवस्थापन गर्न नसकिरहेको समयमा आफुहरुले अक्सिजन व्याग, अक्सिजन मास्क र अक्सिजन सिलिण्डर ल्याउन थालेको एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमीरेले जानकारी दिनुभयाे । अध्यक्ष घिमीरेले पहिलो चरणमा ४०लिटर क्षमताका ५ हजार सेट अक्सिजन व्याग, ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर सोमबारसम्म काठमाडौं आइपुग्ने वताउनुभयाे । उहाँले मुलुकमा अक्सिजन अभावले मानिसहरुको उपचारमा भयावह अवस्था आइरहेको समयमा मुनाफा नराखी अस्पताल तथा व्यक्तिहरुलाई लागत मुल्यमै उपलव्ध गराउनेसमेत जानकारी दिनुभयाे ।

एसजी ग्रुपले चिनबाट ल्याउने अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२ सय ५० युनिट जेठ ७ गतेसम्ममा स्थलमार्गबाट नेपाल आइपुग्ने छ  । अक्सिजन अभावका कारण मुलुकमा उत्पन्न भएको भयावह अवस्थामा व्यवसायीहरुले विदेशमा भएको आफनो नेटवर्कका माध्यमबाट अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन पहल गर्नु पर्दछ भन्नेमा घिमीरेले जोड दिनुभयाे । उहाँले आवश्यकता अनुसार थप सामाग्रीहरु समेत ल्याउने योजना आफुहरुसंग रहेको सुनाउनुभयाे ।

तल्काल स्वास्थ्य सस्थाहरुमा पुर्याउनु पर्ने संक्रमितहरुलाई अक्सिजन व्याग प्रयोग गर्ने गरिन्छ । विकसित मुलुकहरुमा समेत संक्रमितहरुका लागि आपतकालिन उपचारमा अक्सिजन व्याग प्रयोग गरिने गरेको र प्रभावकारी हुने गरेको जनाइएको छ  ।

प्रतिक्रिया

%d bloggers like this: