Date
बुध, असार २, २०७८
Wed, June 16, 2021

उदयपुर कोभिड हस्पिटलका विरामीहरुलाई सम्राट आयुर्वेद औषधालयद्धारा निशुल्क रोगप्रतिरोधात्मक औषधी वितरण

पूर्णपुष्टि, जेष्ठ १

गाईघाटमा रहेको सम्राट आयुर्वेध औषाधलयले कोरोना संक्रमित बिरामीहरुलाई रोग प्रतिरोधात्मक क्षमताको आयुर्वेध औषाधीहरु वितरण गरिरहेको छ ।

शुक्रबार चौदण्डीगढी स्थित उदयपुर कोभिड हस्पिटलमा रहेका २५ संक्रमितलाई निशुल्क रोगप्रतिरोधात्मक क्षमता प्रदान गर्ने औषधी प्रदान गरेको छ । सम्राट आयुर्वेद औषाधलयका प्रोपाईटर अनिल कटुवालले अस्पतालमा हाल २५ जना संक्रमित बिरामीहरु रहेको भएपनि ३४ जनालाई पुग्ने औषधी वितरण गरेको बताउनुभयो । हाल कोरोना संग जुधिरहेको अवस्थामा धेरै संक्रमितहरु कम्जोर हुने आत्तिने र कोरोनालाई सँग लड्न गाह्रो हुने भन्दै कोरोना सँग सहजै जित हासिल गर्न यस रोगप्रतिरोधात्मक औषधीले निकै सहयोग पुग्ने कटुवालले बताउनुभयो । कटुवालले कोरोना संक्रमित बिभिन्न हस्पिटलमा रहेका बिरामीहरुलाई यस आयुर्वेधिक औषधीहरुले निकै राम्रो गरेको प्रतिक्रियाहरु अन्य ठाउँहरु बाट पनि आईरहेको बताउनुभयो ।

उहाँले भाईरल ज्वरो, रुघा खोकी, र रोग सँग लड्न सक्ने १८ किसिम भन्दा बढी जरीबुटीहरुको समिस्रन रहेको औषधीहरु प्रदान गरेको बताउनुभयो ।

औषधी कोभिड हस्पिटल व्यवस्थापन समितिको संयोजक तथा चौदण्डीगढीका मेयर खगेन्द्र राईलाई डाक्टरको रोहबरमा प्रदान गरिएको छ ।

होम आईसोलेसनका बिरामीलाई पनि (इम्युन क्याथ) 

कटुवालले चुहाडेमा होम आईसोलेसनमा रहेकी एक महिला संक्रमितलाई पनि आयुर्वेद औषधी (इम्युन क्याथ) उपलब्ध गराउनु भएको छ । १८ किसिम बढीको जडीबुटी औषधीहरु निशुल्क रुपमा प्रधान गरी स्वास्थ्य लाभको कामना सहित सो औषधी प्रदान गर्नु भएको हो । सम्राट आयुर्वेध औषधालय लामो समय देखि गाईघाटमा जडीबुटीको सफल औषधी व्यवसायको रुपमा परिचित छ । अहिले बिपद्को समयलाई ध्यान दिदै आफ्नै लगनीमा निशुल्क शक्ति प्रदान गर्ने र रोग सँग लड्न सक्ने आयुर्वेध औषधीहरु वितरण गरिरहेको छ । व्यवसाय नाफामा मात्रै नभई आपत विपतमा सेवामा पनि केन्द्रीत हुनु पर्ने धारण सहित निशुल्क औषधी प्रदान गर्दै आएको प्रोपाईटर कटुवालले बताउनुभयो ।

कटुवालले सबै किसिमका औषधीहरु खोज्न र प्रसोधन गर्न निकै समस्या रहेको समेत बताउनुभयो । बिभिन्न स्थानहरुमा यसको व्यवस्थापन गर्नु पर्ने र प्रसोधन गरेर मात्र वितरण गर्नु पर्ने हुनाले समस्याको बाजुत पनि औषधी वितरण गर्दै आईरहेको

 

प्रतिक्रिया