Date
बुध, असार २, २०७८
Wed, June 16, 2021

चिनलाई नेपाल बाट कोरोना भित्रिने डर

पूर्णपुष्टि, जेष्ठ १

चिन बाट सुरु भएको कोरोना भाईरस अहिले विश्वभर फैलिरहेको छ । पहिलो चरण्को कोरोनामा जसो तसो सुरक्षित रहेको नेपाल दोस्रो चरणको कोरोना कहर सँग थला परेको छ । अन्य देशको बिकरल बाट जोगिदै पहिलो चरण पार गरेको नेपालल अहिले बयाबह स्थितिमा पुगेको छ ।

कुनै बेला चिनले कोरोन सार्छ भनेर सुरक्षा अपनाउँदै आएको नेपाल अहिले चिन आफै नेपाल सँग डराई रहेको छ । नेपाल बाट कोरोना फैलिने हो की भन्ने आंसका सहित सुरक्षाको नितिहरु अपनाउन थालेको छ ।

यसै शिलशिलामा कोरोना संक्रमण फैलिन डरमा चिनले सगरमाथा आरोहन स्थगित गरेको छ ।

समाचार संस्था सिन्ह्वाका अनुसार शुक्रबार चिनियाँ खेलकुद प्रशासनले सूचना जारी गर्दै आरोहण स्थगित भएको जनाएको हो । चीनमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको छ । बाहिरबाट फेरि कोरोना नभित्रियोस् भनेर उसले निकै सावधानी अपनाएको छ ।

केही दिनअघि सगरामाथा आधार शिविरमा बिरामी भएर काठमाडौं फर्काइएका केहीमा कोरोना संक्रमण पुष्टि भएपछि चिन संक्रमण फैलिने आशंका सचेत बनेको हो ।

चीनले यस सिजनमा ३८ जनालाई मात्रै सगरमाथा आरोहणको अनुमति दिएको थियो । उनीहरु सबै चिनियाँ नागरिक रहेको समाचार संस्था एपीले जनाएको छ । नेपालले भने यस वर्ष ४ सय ८ जनालाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको छ । गत वर्ष कोरोना महामारीका कारण दुवैतर्फबाट आरोहण भएको थिएन ।

सिजनको पहिलो आरोहण बहराइनको टोलीले गरेको थियो । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १२ जनाको टोली वैशाख २८ गते बिहान सगरमाथाको चुचुरोमा पुगेको थियो ।

यसअघि चीनले सगरमाथाको चुचरोमा रेखांकन गरेर नेपालतर्फबाट आरोहीबाट संक्रमण हुनबाट बच्ने बताएको थियो । तर त्यो रेखा कस्तो हुने र कसरी कोर्ने भन्नेबारे भने उसले केही खुलाएको थिएन ।

 

प्रतिक्रिया