Date
बुध, असार २, २०७८
Wed, June 16, 2021

उदयपुरमा आज थप ४९ जना संक्रमित थपियो, ताप्लीमा पहिलो पटक संक्रमित भेटिए

पूणर्पुष्टि, जेष्ठ ३

उदयपुरमा आज थप ४९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कुल संक्रमित संख्या ४ सय ३४ पुगेको छ । आज जिल्लाका बिभिन्न पालिकाहरु त्रियुगा, चौदण्डी, उदयपुरगढी, कटारी र ताप्लीमा संक्रमितहरु थपिएका हुन् ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएका मध्य २९ पुरुष र २० महिला रहेको छ । आज थपिएकाहरु त्रियुगाको २७ जना, कटारी नगरपालिकाको १४, उदयपुरगढीका ५, चौदण्डीका २ र ताप्लीका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ताप्लीमा आज पहिलो पटक संक्रमण देखिएको छ ।

जिल्लामा मृत्युको संख्या दिनदिनै बढिरहेको छ । शनिवार सम्म रहेको मृत्युको संख्या आज १४ पुगेको छ । हिजो ५ जना र आज २ जना गरी १४ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यता निको हुनेको संख्या २३ मै स्थितर रहँदा हिजोकै संख्यामा सिमित रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: