मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

धुमधाम मनाए एड्स दिवस

उदयपुर, मंसिर १५ गते ।

उदयपुरमा विश्व एड्स दिवस भब्य ¥यालिको साथ मनाएको छ ।
¥यालिले बजार परिक्रमा गरि जनस्वास्थ्य कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको हो ।

त्रियुगा नगरपालिकाको आयोजना तथा मोर्डन ईन्स्टिच्युटको सहोगमा ¥यालि सहित “एचआईभी जाँच गरौँ, आफ्नो स्वास्थ्य थाहा पाऔँ” भन्ने नाराको साथ ३१ औँ विश्व एड्स दिवस मनाएको थियो ।

एचआईभी रोग भनेको अन्य रोग जस्तै सामान्य भई सकेको र अन्य रोग लागेको मान्छे जति नै बाँच सकिने भएकोले डर त्रास लिनु नपर्ने त्रियुगा नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई कार्यलयको जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बताए ।

उदयपुर जिल्ला अस्पतालमा एचआईभी संक्रमीत दुई आमाबाट जन्मिएको बच्चामा एचआईभी नभेटिएको यादवले बताए । एचआईभी लागेको मानिसहरु पनि समयमै औषधी सेवन गर्दा ६०÷७० वर्ष सम्म मजाले बाच्न सक्ने यादवले बताए ।

एचआईभी रोगको निःशुल्क औषधी उपचार हुन्छ, उनिहरुको व्यक्तिगत विवरण गोप्य राखिन्छ कि जुन डक्टरले पनि थाहा पाउदैन । त्यसैले जनचेतना फैलाउनु पर्ने जरुरी छ । सन् २०१८ को विश्व तथा नेपालको तथ्याक हेर्ने हो भने एचआईभी संक्रमीतको संख्या घट्दो देखिएको यादवले बताए ।

उपचार गर्ने क्रममा होसियारी पूर्व काम नगरे चिकित्सकलाई पनि सर्ने गर्दछ । जुन संक्रमीत व्यक्तिलाई उपचारको क्रममा प्रयोग गरेको सुई, विलेड जस्ता तिखो घोच्ने वा काट्ने बस्तुबाट होसियारी पूर्वक चिकित्सक उपचार गर्नु पर्ने यादवले बताए ।

उक्त रोगले शरिरको प्रतिरोधात्मक शक्ति घटाउने हुनाले अन्य रोगहरुले आक्रमण गर्न सक्ने भएकोले नियमित औषधी प्रयोग गर्नु पर्ने यादवले बताए ।

जनचेतना मुलक कार्यक्रममा विभिन्न सरकारी निकाय तथा संघ सस्था सँग समन्वयन गरी आफ्नो संस्थाले सकेको सहयोग गर्दै आएको मोर्डन ईस्न्टिच्युट संचालक खेमचन्द्र यादवे बताए । उनले भने मानिसहरुले बुझेको छैन जनचेतनाको कमी छ ।

प्रतिक्रिया

%d bloggers like this: