मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

निकुञ्जका गैँडा पसे शहर

राष्ट्रिय निकुञ्ज चितवनका गैँडाहरु केहि दिन देखी नारायणगढ छेउछाउको शहर बजारमा देखिन थालेको छ ।

वनमा बस्ने गैँडाहरु केहि दिने देखि रात पर्ना साथ नारायणगढको बाक्लो बस्ती तथा शहर बजारमा गैँडा देखिन थालेपछि स्थानीयवासीहरू त्रासित बनेका छन् ।

प्राय जसो रातको समयमा १÷२ वटा गैँडा बजार वरपरि देखिने स्थानियहरुले बताए । स्थानीयको अनुसार वैशाख देखि गैँडाको बथान नै बजार पस्ने गरेको छ । उनीहरुले भने साँझमा आउँछ विहान जंगल नै फर्कन्छ ।

बजार एरियामा गैँडा पस्न थालेपछि साँझामा वा बिहानी पख हिँड्डुल गर्न गाह्रो भएको छ भने कुनै समयमा गैँडासँग जम्काभेट पो हुने हो कि भन्ने डर स्थानियमा छाएको छ ।

बजार नजिकै रहेको निकुञ्ज, नरायणी नदी, सामुदायीक वन र नगर वन भएपनि अरुबेला भने गैँडा बजार पस्दैनथ्यो । बजारमा गैँडा आउन थाले पछि संरक्षणमा चनाखो हुनु पर्ने स्थानियबासिन्दाको भनाई रहेका छन् ।

निकुञ्जमा गैँडाको संख्या बढेकोले बजारमा आउन थालेको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन बेदकुमार ढकालले बताए । बजारमा मात्र नभई वरपरको वनमा समेत गैँडा देखिन थालेकोले गैँडाको नियन्त्रण गर्न प्रयास जारी रहेको बताए ।

प्रतिक्रिया