शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

सुजन र प्रनिशले चुमे उपाधी

प्रदेशस्तरीय व्याड्मिन्टन प्रतियोगिता

उदयपुर, पुस १ गते ।

स्वर्गीय ज्ञानेन्द्र वान्तावा दोस्रो स्मृति तथा १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी बुढासुब्बा ब्याड्मिन्टन एकेडेमी, धरानका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीले चुम्न सफल भएको छ ।

मेन्स डबल्स (खुल्ला) तर्फका विराटनगरका सूर्य श्रेष्ठ र रविन साउदेनलाई सोझो सेटमै पराजित गर्दै श्रेष्ठ र ठकुुरीको जोडीले उपाधी चुमेका हुन् । उत्कृष्ठ खेलकाबीच पराजित भएपछि सूर्य र रविनको जोडीले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो । तृतिय स्थानमा विशाल तामाङ्ग र पविन लिम्बु तथा सुरेश लिम्बु र रकम लिम्बुको जोडी भए । प्रथम, दोस्रो र तेस्रो स्थानमा सफल खेलाडी जोडीहरुलाई क्रमशः नगद २५ हजार, १५ हजार १० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजना तथा त्रियुगा नगरपालिकाको मूख्य सहयोगमा सुक्रबार र शनिबार सम्पन्न प्रतियोगिताको अर्को इभेन्ट खेल भेट्रान्सतर्फ किरण प्रधान र योगश श्रेष्ठको जोडी प्रथम भए । दिपक राई र बल बहदुर कार्कीको जोडी द्वितिय भए भने सुरेश लिम्बु र टेकप्रसाद लिम्बुको जोडी तथा जिवन बोगटी र विश्व प्रताप शाक्यले जोडीले तेस्रो स्थन हाँसिल गरे ।

धनकुटाका किरण प्रधान र योगश श्रेष्ठको जोडी -प्रथम

संघका महासचिव रुवेन राईका अनुसार वोमेन्स डबल्स इभेन्टस्मा विराटनगरको सिमा राजबंसी र निता लम्सालको जोडीले प्रथम भए । धनकुटाको गिता राई र अरुणा तामाङको जोडी दोस्रो भएको छ भने तृतीय स्थानमा पार्वती राई र सर्मिला केसीको जोडी तथा सम्झाना गिरी र विना राई भए ।
अन्डर सेभेन्टिन सिंगल इभेन्टस्तर्फ प्रथम वराटनगरका भोजबहादुर गुरुङ, दोस्रो प्रियन्जन सुब्बा भए भने तेस्रो स्थानमा सत्याम सुब्बा र सरोज खवास भए ।

त्यस्तै जिल्लास्तरीय मेन्स डबल्सतर्फ लक्षजंग ठकुरी र लुमुनीराम श्रेष्ठको जोडी प्रथम, भोटराज राई र बसन्त कटवालको जोडी दोस्रो भए भने तेस्रो स्थानमा गोविन्द थापा र ललित नायक तथा इमाहाङ राई र मनोज खड्का भए । साविक पूर्वाञ्चलको १६ जिल्लाका व्याडमिन्टन खेलाडीहरुका टिमले प्रतियोगीतामा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

%d bloggers like this: