मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

उदयपुरमा पहिलो खाना परिकार मेला सुरु

उदयपुर, पुस १ गते ।

उदयपुरमा पहिलोपटक खाना परिकार मेला आईतबारदेखि गाईघाटमा सुरु भएको छ ।

जिल्ला होटल व्यवसायी संघ र झीगु नेवाः पुचः उदयपुरको संयुक्त आयोजनामा सदरमुकाम गाईघाटमा दश दिने खाना परिकार मेला सुरु भएको हो ।

मेलाको १ नं. प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिसप्रसाद कुसियतले उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्दै मन्त्री कुसियतले नेपाली खाना संसारकै उत्कृष्ट रहेको बताउनु भएको छ । नेपाली खाना अन्तर्गतका विभिन्न जातीय परिकारहरुले मेला विशेष बन्ने र पर्यटनमा टेवा पुग्ने विश्वास उहाँको छ ।

उहाँले विविधताले भरिएको प्रदेशनं १ लाई मुलुकको नमुना प्रदेश बनाउन साँस्कृतिक सम्पदाहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । मेलाको उद्घाटनशत्रमा प्रदेश सांसद विमल कार्की, अम्बिका थापा, सुनिता चौधरी, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी लगायतले बोलेका थिए ।

पुस १० गतेसम्म सञ्चालन हुने मेलामा जिल्लाका विभिन्न जातजातीका स्थानीय परिकारको विक्री तथा प्रर्दशनी रहेका छन् । भने नेवार समुदायको लाखे नाँच प्रतियोगिता रहको छ ।

मेलाले निम्न आयस्तर भएकालाई आत्मनिर्भर र होमस्टे सञ्चालनका लागि मद्धत पुग्ने विश्वास लिइएकोछ । मेलामा जिल्लाको पहिचान झल्कने गरी विशेषगरी मकैको खाना, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, भुटेको मकै, खिर, सेलरोटी, फापरको परिकार, नेवार सुमदायको यमरी, दनुवारको अन्डी, थारुको घुगी जस्ता परिकारहरु प्रमुख आकर्षक रहने आयोजकको भनाई छ ।

वाह्य पर्यटक भित्र्याउन, आन्तरिक पर्यटन प्रर्वद्धन गर्न र आर्थिक कम भएका व्यवसायीलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको बताइएको छ । करिव ५० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्यकासाथ आयोजना गरिएको मेलामा स्थानीय परिकारको विक्री वितरण, जिल्लाकै पर्यटकिय तथा धार्मिक क्षेत्र रौतामाईको दर्शन, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको कला प्रस्तुति रहने जनाइएको छ ।

त्यस्तै विभिन्न जातजातीका भेषभुषा तथा झाँकी, लोक सँस्कृति, हस्तकला सामग्री, छमछमी सिजन २ जस्ता कार्यक्रम राखिएको छ ।

यसैविच ऐतिहासिक धार्मिक तथा प्राकृतिक सम्पदाको महत्व बोकेको उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा पहिलो पटक पर्यटन महोत्सव आईतबारदेखि सुरु भएको छ ।

धार्मिक तथा पर्यटकिय क्षेत्रकोरुपमा परिचित हुँदै गएको मैनामैनीलाई पर्यटकिय क्षेत्रकोरुपमा विकास गरी आर्थिक समृद्धीको ढोका खोल्ने उदेश्यकासाथ महोत्सवको आयोजना गरिएको हो । पुष ७ गतेसम्म लाग्ने महोत्सवको उद्घाटन प्रदेश सांसद कला घलेले गर्नुभएको छ ।

महोत्सवको प्रमुख आकर्षकहरु पर्यटकिय क्षेत्रको अवलोकन र खानका लागि स्थानीय उत्पादित सिस्नो, ढिडोँ, टाँकीको तरकारी र मह रहेकाछन् ।

महोत्सवमा चम्पाकोटबाट दैनिक प्याराग्लाइडिङ, पुष्पवृष्टि, रानीटारबाट दैनिक र्याफ्टिङ, कोसी नदीमा जलविहार, कोशी टप्पु वन्यजन्तु आरक्षमा दैनिक जंगल सफारी, कोलोहोङ झरनामा क्यानोरिङ पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बनाइएको जनाइएको छ ।

प्रतिक्रिया

%d bloggers like this: