बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

वालविवाह न्युनिकरण अभियान एकद्धार पद्धतीबाट हुने

उदयपुर, पुस ११ गते ।

सबैभन्दा धेरै वालविाह हुने उदयपुरको त्रियुगा नगरपालीका वडा नम्वर ८ र ९ का स्थानीय निकाय, संघसंस्था, बुद्धिजीवी, शिक्षक र सरोकारवाला निकायले वालविवाह न्युुनिकरणका लागि एकताबद्ध भएर अगाडी बढ्ने भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालीका ९ राजावासको ओरेक भवनमा बुधबार सम्पन्न वालविवाह न्युनिकरणका लागी बृहत योजना बैठकमा सहभागी सरोकारवालाले एकताबद्ध भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा, विभिन्न संघसंस्था, स्थानीय निकाय लगायतले वालविवाह न्युनिकरणको कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि वालविवाहको घटना न्युनिकरण हुनको सट्टा झन बढ्दै गईरहेको भन्दै अवको कार्यक्रम एकद्धार प्रणलीबाट सञ्चालन गर्न आवश्यक रहेको सहभागीहरुले औल्याएका छन् । कार्यक्रममा सहभागी सरोकारवाला निकायले वालविवाह न्युनिकरणको लागी नगर र वडा स्तरिय वाल संरक्षण समिती, वालक्लव गठन गरि टोलविकास संस्थालाई चलायमान बनाई वालविवाह न्युनिकरणको सचेतना कार्यक्रम अगाडी बढाउनु पर्ने सहभागीहरुले बताएका छन् ।

त्यसैगरि अधिकांश वालविवाह विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीबाट हुने गरेको हुदा वडानम्वर ८ र ९ का विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा वालविवाह सम्वन्धि स्कुलशिक्षा सञ्चालन गर्नु पर्ने, काउन्सिलको व्यवस्था गर्नु पर्ने, अभिभावकसंग नियमित अन्तरक्रिया गर्नु पर्ने, दलित र आदिवासी जनजाती समुदायमा सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने विषयमा छलफल गरिएको छ ।

कार्यक्रममा रातमाटे आधारभुत विद्यालयका प्रध्यानाध्यापक विजय तुलाधरले वालविवाह गरेका २० वर्षमुनिका वालवालीकाको सुचि तयार गरि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, राज्यको निति अनुरुप स्थानीय तह कटिबद्ध भई अपराधको राजनितीलाई निरुत्साहित गर्नु पर्ने व्यापक छलफल गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रममा उदयपुरको त्रियुगा नगरपालीका वडा नम्वर ९ मा वालविवाह न्युनिकरणको लागी चलाईएको अभियानको बारेमा ऐरावत सञ्चार समुहका युवा महिला लिडर अप्सरा समाल र ओरेक नेपाललले २ र ७ वर्षदेखि सञ्चालन गर्दै आएको महिला हिंसाका कार्यक्रमको बारेमा ओरेक नेपालका कार्यक्रम व्यवस्थापक कमला खड्काले प्रस्ट्याउनु भएको थियो ।

कार्यक्रममा वडानम्वर ८ र ९ का वडाध्यक्षसहित सम्पुर्ण सदस्यहरु, टोलविकासका अध्यक्षहरु, विद्यालय व्यवस्थापनका अध्यक्षहरु र विद्यालयका प्रध्यानाध्यापक, महिला प्रहरी प्रमुख लगायत विभिन्न महिला तथा वालवालिकाको मुद्दामा काम गर्ने संघसंस्थाका प्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल उदयपुर र ओरेक नेपालको आयोजना, ऐरावत सञ्चार समुहको संयोजन र त्रियुगा नगरपालिका वडा नम्वर ८ र ९ को समन्वयमा सम्पन्न भएको छ ।

प्रतिक्रिया

%d bloggers like this: