शुक्र, साउन २३, २०७७
Fri, August 7, 2020

महिलाहरुलाई ब्यूटिसियन सीप प्रदान गरिदै

उदयपुर, पुस ११ गते ।

महिलाहरुलाई सीप प्रदान गरी बेरोजगारी तथा गरिबी न्यूनिकरण गर्ने उद्देश्यका साथ आधारभूत ब्यूटिसियन तालिम गाईघाटमा सञ्चालन भएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति उदयपुरको आयोजनामा भगत सर्वजीत कार्यक्रम अन्तर्गत ३ महिने सो तालिम गाईघाट स्थित श्रेजा व्यूटिपार्लर तालिम केन्द्रमा सञ्चालन भएको हो ।

एक समारोहकाबीच जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले तालिमको उद्घाटन गर्दै सीपले व्यवसाय गर्न सकिने र व्यवसायले जिविकोपार्जन राम्रो हुने बताउनुभयो । जिविकोपार्जनको उत्तम कुरा नै व्यवसाय भएकाले सीपलाई व्यवसायमा ढाल्न प्रोत्साहित गर्दै सहभागिहरुलाई तालिमको भरपुर फाईदा लिन बताउनुभयो ।

घरेलुका कार्यालय प्रमुख शम्भुप्रसाद साहले तालिमका सफल सहभागिलाई प्रमाणपत्र दिइने र उक्त प्रमाणपत्रको आधारमा उद्योग दर्ता गरी व्यवसाय गर्न र बैंकबाट सहुलित ऋण तथा अनुदान लिन सकिने बताउनुभयो । तालिमलाई सहभागिताको लागि मात्र नभई व्यवसायमा ढाल्ने हिसावले लाग्न सुझाउनुभयो । त्रियुगा नगरपालिका वडा नंं. ११ का अध्यक्ष विश्वराज भट्टराई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राईले पनि शुभकामना मन्तब्य राखेका थिए ।

सिप सिकौं, उद्यम गरौं भन्ने नाराका साथ आयोजना भएको तालिममा १० जना दलित महिला सहभागि रहेको घरेलुका लेखा अधिकृत दिलिप श्रेष्ठले बताए । तालिमको प्रशिक्षक सिर्जना पौडेल हुनुहुन्छ ।

प्रतिक्रिया

%d bloggers like this: