शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

लिम्चुङ्बुङमा स्वास्थ्य शिविर

उदयपुर, माघ १६ गते ।

स्थानीय सरकार गठनपछि गाउँगाउँमै जनताले विभिन्न सेवा पाउन थालेका छन् । यसै सन्दर्भमा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका जनताले गाउँमै स्वास्थ्य सेवा पाएका छन् ।

पालिकाको आयोजना तथा नोबेल हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा पालिकाको केन्द्र बराहामा बुधबारदेखि सुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट जनताले स्वास्थ्य सेवा र सुविधा पाएका हुन् ।

गरिबीको कारण सरहरको ठुला हस्पिटलमा उपचार गराउन नसक्ने स्थित भएका सर्वसाधरणलाई शिबिरले ठुलो सहयोग भएको स्थानियबासी रमिला राईले बताईन् । शिविरबाट गाउँमै स्वास्थ्य सुविधा पुगेपछि पालिकाबासीहरु खुसी भएको राईले बताईन् ।

विकट पहाडी पालिकाका गाउँघरमा बसोबास गर्ने गरिब जनताहरुले शिविरबाट धेरै सुविधा पाएको छ । आँखा नदेख्ने, कान नसुन्ने, छाति दुख्ने, हात खुट्टा भाँचिए, नसा रोग लगायतका विभिन्न रोगहरुको गाउँघरमै निःशुल्क उपचार र औषधी समेत पाएकोमा एक दमै खुसी र हर्षीत भएको स्थिानिय धनबहादुर वानियाले बताए ।

प्रदेश सांसद नारायणबहादुर बुर्जा मगर र पालिका अध्यक्ष मेजरकुमार राईद्वारा आज (बुधबार) उद्घाटन भएको शिविरमा पालिकाको दुर्गम गाउँबाटसमेत आएर सर्बसाधारणले सेवा लिएका थिए । पालिकाको पाँचवटै वडा अन्तर्गतका गाउँहरुलाई मध्येनजर गरी पालिका केन्द्र बाराहामा शिबिर भएको हो ।

दुईदिनसम्म सन्चालन हुने शिविरमा दन्तरोग, आँखा, नाक, कान घाँटी, बाल रोग, हाडजोर्नी तथा नशा, मानसिक रोग, स्त्रीरोगको चेकजाँच उपचार रहेको छ । साथै इसीजी ल्याब परिक्षण, एक्सरे र भिडियो एक्सरे सेवा रहेका छन् । स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा आत्मसाथ गर्दै पालिकाले गरेको शिविर विरामीका लागि बरदान स्वरुप भएको लिम्चुङ्बुङ गाउँपालिकाको मेयर मेजरकुमार राईले बताए ।

निःशुल्क औषधि वितरण तथा परामर्श सेवासमेत रहेको शिबिरमा बढिजसो बृद्धबृद्धा, महिला तथा बालबालिकाले सेवा पाएका छन् । जिल्ला सदरमुकाम र शहरबजारदेखि धेरै टाढा र भनेजस्तो स्वास्थ्य सेवाको पहँुचमा नरहेका सर्बसाधारणलाई लक्षित गरिएको शिविर सोचेभन्दा बढि सर्बसाधारण आएको नोबेल हस्पिटल विराटनागरको डाक्टर रान्जित सेवाले बताए ।

प्रदेश सांसद बुर्जा मगरले ग्रामिण भेगका जनताका स्वास्थ्यको पहूँच बृद्धि गराउन राज्यले ध्यान दिनुपर्ने र यस्ता शिविर वडास्तरमै गर्नु पर्ने आवश्यकता भएको प्रदेश सांसद नारायण बुर्जामगरले बताए ।

प्रतिक्रिया