शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

बोनम्यारो पिडितलाई सहयोग

उदयपुर, माघ २९ गते ।

उदयपुरकी २१ वर्षीय बोनम्यारो पिडित शान्ति राईलाई प्रेम कुमार राईको पहलमा सहयोग जटेको छ ।

त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्तीकी शान्तिलाई राईको पहलमा उपचार खर्चका लागि सहयोग जुटेको हो ।

शान्ति राई बचाउ अभियान समितिको कोषाध्यक्ष प्रेम कुमार राईको पहलमा एक लाख ४४ हजार ७ सय ७० रुपैया विदेशी भुमिमा रहनु हुने नेपाली र सहयोगी मनहरुबाट जुटेका हुन् ।

सहयोगी मनहरुको पहल र सहयोगका विच त्रिनपा १० बोक्से नयाँबस्ति निबासी हाल कतारबाट ९३ हजार ९ सय १० रुपैया, हर्कपुर गाउँपालिका ३ वयारबन मोरङ निबासी हाल मलेसिया लोकेन राई र चौदण्डीगढी नगरपालिका १० हडिया उदयपुर निबासी हाल मलेसिया सुमन राउतबाट ५० हजार ८ सय ६० रुपैया सहयोग विरामी र उनको परिवारलाई अभियानको सचिव, समाजसेवी, बुद्धिजिवी र पत्रकारहरुको रोहबरमा हस्तान्तरण गरिएको राईले बताए ।

चिनेजानेका साथी भाईहरु सँग शान्तिको बारेमा जानकारी गराई सहयोगको अपिल गरेपछि उनिहरुले सहयोग गरका सहयोग रकम विरामी र उनको परिवारलाई हस्तान्तरण गरिएको राईले बताए ।

राई अभियानको कोषाध्यक्ष मात्र नभई एक अभिभावक समेत हुन् । उनको पहलमा विदेशी भुमीमा कार्यरत नेपाली मन र सहयोगी मनहरुको सहयोग जुटेको राईले बताए । बोनम्यारो फेर्न धेरै पैसा लाग्ने भएकाले सहयोगी मनहरुबाट थोरै रकम जम्मा भएकाले छिटो सहयोग गरि शान्तिलाई बचाउन राईले बताए ।

उनले भने सहयोगी मनहरुको सानो सहयोगले शान्तिले नयाँ जिवन पाउने छ । डक्टरले दिएको समय अव करिब १ हप्ता मात्रै बाँकि छ । तर उपचार गराउने पैसा नभएकाले विरामी घरमै बस्न बाध्य भएको राईले बताए । सहयोगी मनहरुलाई छिटो सहयोग गरिदिन अपिल गरिहरेको राईले बताए ।

शान्तिले सहयोग पाएपछि खुसी हुदै सहयोगी मनहरुलाई धन्यवाद दिएकी छिन् । डक्टरले दिएको समय सकिन लागेकाले छिटो सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।

https://www.youtube.com/watch?v=a3ijS29U4EU

प्रतिक्रिया

%d bloggers like this: