शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

भव्य मनाए प्रजातन्त्र दिवस

उदयपुर, फागुन ७ गते ।

देशै भर विभिन्न कार्यक्रम गरि राष्ट्रिय प्रजातन्त्र दिवस मनाई रहेको बेला उदयपुरमा पनि भव्यताका साथ मनाएको छ ।

६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विहान ¥यालिको साथ बजार परिक्रमा गरि साझ दिप प्रज्वलन गरि भव्यताका साथ मनाएको हो ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गाईघाटको पिपल चौकमा साँझ दिप प्रज्वलन गरि दिवस मनाएको छ । पिपल चौकबाट सुरु भएको ¥यालिले बजार परिक्रमा गरेका थिए ।

 

वीर शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा स्वरुप वर्षेनी भव्यताका साथ मनाउदै अमाएको छ ।  निरङ्कुश शासन प्रणालीका तत्कालिन जहानिया राणा शासन ढाली जनताहरुले विस २००७ साल फागुन ७ गतेका दिन प्रजातन्त्र पाएको थियो ।

त्यहि दिनको सम्झना र सम्मानका लागि राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ । स्वतन्त्र विचार र फरक मतको कदर गर्दै जनताले चुनेका व्यक्तिहरु शसन सत्तामा हुनुपर्ने  जस्ता कुराहरुको अधिकार पाएको दिन भव्य कार्यक्रम गरि दिवस मनाएको हो ।

नेपालको ईतिहास हेर्ने हो भने २००७ साल देखि १७ साल, ४७ साल, ३६ साल  ६२/६३ सालका घटनाहरुले धेरै परिवर्तन गरेको पाईन्छ । जनताहरुले स्वतन्त्र र आफुले पाउने हक अधिकार लिनको लागि कतिपयले बलिदान दिइ वीर सहिद समेत भएको छ ।

प्रतिक्रिया

%d bloggers like this: