शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बेटी सम्मेलनको सात बुँदे घोषणापत्र जारी

उदयपुर, फागुन ९ गते ।

उदयपुरमा भएको प्रथम राष्ट्रिय बेटि सम्ममेलनले सात बुदे घोषणा पत्र जारी गरेको छ ।

समानता, समावेशी, मानवअधिकारका सवाललाई प्राथामिकतामा राखी सात बुँदे घोषणा पत्र जारी गरेको हो ।

गत माघ २७ गते देखि २९ गते सम्म प्रथम राष्ट्रिय बेटि सम्मेलन गरि वृहद छलफल पश्चात सात बुदे घोषणा पत्र तयार गरि जारी गरिएको आयोजक मुधार महिला केन्द्रकी अध्यक्ष नजबुल खानले बताईन् ।

समानता, समावेसी र मानव अधिकारका लागी “सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔ चेलीबेटी शसक्तिकरणको हतियार” भन्ने मुल नाराका साथ आयोजित सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई विशेषगरी उठान गरीएको उनले बताईन् । छोरीलाई पनि छोरा समान शिक्षा, स्वास्थ्यका सवालमा अधिकारी दिई समानता कायम गराउने योजना रहेको खानको भनाई छ ।

सम्मेलनले समानता, समावेशी र मानवअधिकारका लागि महिलालाई सबै क्षेत्रमा आसन, भाषण र शासनमा ५० प्रतिशत अनिवार्य सहभागिता गराउनु पर्ने यदी नगराएमा नोट अफ डिसेन्ट लेख्ने घोषणा जारी जारी गरेको छ ।

महिलाहरुको स्वास्थ्य र शिक्षामा सुधारात्मक पहुँच वढाउनका लागि स्थानीय तह देखि केन्द सम्म सरकारी पक्षबाट स्यानेटरी प्याड निशुल्क वितरणको व्यवस्था हुनु पर्ने, अंश र वंशको अधिकार, घरेलु हिंसा, भ्रुणहत्या, वलात्कार, वालविवाह, घुम्टो प्रथा, दाईजो, तलाक, बोक्सी, छाउपडी, देउकी, बादी प्रथाको अन्त्य हुनु पर्नेमा विशष स्थान घोषणा पत्रमा दिइएको छ ।

सात वटै प्रदेशमा महिला अंकित स्तम्भ निर्माण गरी शान्ति, समृद्धी एवंम लैगिंकमैत्री सन्देश प्रवाह गर्ने, नेपालको संबिधानलाई प्रभावकारी ढंगले कार्यान्वयन गरी चेलीवेटीहरुको घटना सम्बन्धि नयाँ कानुन निर्माण गर्न दवाव दिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

सामाजिक, राजनीतिक एवंम सांस्कृतिक मुल्यमान्यतालाई वातावरण अनुसारको परिवर्तन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको दिगो विकासको लक्ष्यतर्फ अगाडी बढ्ने र नयाँ सिप, कला, दक्षता र प्राविधिक शिक्षामा चेलीवेटीहरुको उल्लेखनिय सहभागिता गराई रोजगारीको अवसर दिई आत्मनिर्भ बनाउनु पर्ने वेटी फाउण्डेसन अफ नेपाल निर्माण गरी अभियानहरु सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया