शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

आगलागीमा १२ ओटा घर गोठ खरानी

 

उदयपुर फागुन ११ गते 

उदयपुरको रौतामाई गाउँपालिका वडा नं २ भुट्टारको डुम्रे गाउँमा आगलागी हुदा ५ परिवारको १२ ओटा घर गोठ जलेर नष्ट भएको छ ।

अत्यादिक हावाहुरीको कारण शनिवार दिउसो कमल कार्कीको घरबाट आगलागी शुरु भएको स्थानीय कर्मशेर राईले बताए ।

आगलागीमा स्थानीय रुद्र कार्की ( क ) बिदुर कार्की,  दिपक कार्की, ज्ञान बहादुर कार्की  र (ख) राजेन्द्र कार्की को घर सहित गोठ जलेर नष्ट भएको हो ।

आगलागीमा परी २०÷२२ ओटा पशु चौपाया जलेर मरेका छन् । त्यसतै अन्नपात, लक्तकपडा, महत्वपूर्ण कागजात लगाएत भाडा कुडा जलेर नष्ट भएको छ ।

गाउँमा पानी अभावका कारण आगो नियन्त्रणमा समस्या परेको गाउँलेहरुले बताए । गाउँ नजीकै घारी जंगल भएको कारण धरै घरमा आगलागी भएको राईले बताए ।

१ बजे देखि लागेको आगो सिंगो गाउँलेहरुको प्रयासमा नियन्त्रणमा आएको थियो ।

 

प्रतिक्रिया

%d bloggers like this: