बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

उदयपुर, फागुन १५ गते ।

कटारी नगरपालिकाको एक विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ ।

कनपा ८ का जनप्रिय निमावि सिरिसेको शिक्षक विनोद लोहनीलाई विद्यार्थी बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ परेको हो ।

चितवन कठार नगरपालिका –४  निबासी २८ वर्षीय लोहनी घरमा कोहि नभएको मौका छोपी पढाउने बहाना बनाई काठोमा पसेर १० वर्षीय बालिकालाई जबरजस्ती बलात्कार गरेको पिडित पक्षले बताएका छन् ।

 

विद्यालयमा अस्थाई शिक्षकको रुपमा काम गर्दै आएको लोहनीले बालिकालाई बलात्कार गरेको पिडित पक्षले फोन मार्फत अस्थाई चेक प्वाईन्ट बेतिनीमा जानकारी गराएपछि प्रहरीले लोहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

पिडित बालिकालाई उपचारको लागि कटारी अस्पताल पठाईएको छ । भने पक्राउ परेका लोहनीलाई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: