सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

वडाले जनजातीलाई कम्प्युटर सीप दिदै

उदयपुर, फागुन १५ गते ।

त्रियुगा नगरपालिका ११ नम्बर वडाका आदिबासी जनजाती समुदायलाई लक्षित गरी कम्प्युटर तालिमको आयोजना भएको छ ।

वडाले आदिबासी जनजाती लक्षित बजेटमार्फत तीनमहिने कम्प्युटर तालिमको आयोजना गरेको हो । गाईघाट संगमटोलस्थित संगम पुस्तकालयमा सञ्चालन भएको तालिममा १७ टोल विकास समितिको सिफारिससमेत गरी २० जनाको सहभागिता छ ।

बुधबार तालिमको उद्घाटन गर्दै वडाध्यक्ष विश्वराज भट्टराईले समुदायमा दक्ष जनशक्ति बनाउन कम्प्युटर सीपको तालिम दिइएको बताए । कार्यक्रमका अतिथिहरु वडासदस्य जितबहादुर कार्की, नागरिक समाजकी अगुवा महेश्वरी राई, पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राईले तालिममा पुरा समय दिइ भरपुर सदुपयोग गरी सिप सिक्न सुझाएका थिए ।

आदिबासी कम्प्युटर उपभोक्ता समितिकी अध्यक्ष शान्ति राईको अध्यक्षता भएको उद्घाटन समारोहमा विभिन्न टोल विकास संस्थाका अध्यक्ष, नागरिक समाज, पत्रकार, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा समितिकी कोषाध्यक्ष सशीका राईको स्वागत मन्तब्य र सचिव तलबीर राईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

%d bloggers like this: