शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

दुर्घटनामा बाबुको मृत्यु, छोरो गम्भिर

उदयपुर, फागुन २५ गते ।

उदयपुरको उदयपुरगढी गाउँपालिका ७ कमानमा शनिबार विहान सवारी दुर्घटनामा परी बाबुको घटनास्थलमै मृत्यु भएको छ भने छोरो गम्भिर घाइते भएका छन्  ।

नेपालटारदेखि गाईघाटतर्फ आउदै गरेको ना १ क ८३४७ नम्बरको टिफर र सोही दिसाबाट आउदै गरेको बा ९४ प ९४३२ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार बाबु बलबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाईकल चालक छोरो अन्दाजी २५ वर्षिय सुदन मगर गम्भिर घाइते भएका हुन् ।

सडकको घुम्तिमा मोटरसाईकल र टिफरबीच ओभरटेक गर्ने क्रममा दुर्घटना हुन पुगेको स्थानीयको भनाई छ ।

(प्रशिक्षार्थी पत्रकार नानु थापाको सहयोगमा)

 

प्रतिक्रिया

%d bloggers like this: