बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

साँझपख बन्दको प्रभाव सामान्य

उदयपुर, फागुन ३० गते ।

साँझ ५ बजेपछि नेकपा माओवादी (विप्लब समुह) ले गरेको बन्दको प्रभाव सामान्य भएको छ ।

बन्दको कारण दिन भर उदयपुरको जनजीवन प्रभावित बनेको थियो भने साँझपख प्रभाव सामान्य भएको हो ।

विप्लवको बन्दले बजार, पसल बन्द र यातायात संचालन समेत ठप्प  भएको थियो ।  । एकाविहानैदेखि जिल्लाको मुख्य बजारहरु गाईघाट, कटारी, बेल्टार, मुर्कुची सानसुन भएको थियो । तर साँझपख भने बन्द सामान्य भएपछि केहि चहलपहल बढेको थियो ।

बन्द भएको केहि पसलहरु साँझपख खुलेका छन् । तर साँझपस पनि यातायात सेवा ठप्प हुँदा  धरान, विराटनगर, काकडभिट्टा, दिक्तेल, काठमाडौं लगायतका ठाउँ सम्मको यात्रामा निस्कीएका यात्रुहरु अलपत्र भई बस्न बाध्य छन् ।

प्रतिक्रिया

%d bloggers like this: