शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बेल्टारमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

उदयपुर, चैत १७ गते ।

चौदन्डिगढी नगरपालिका वडा नम्बर ७ सिटिहलमा आधारभूत पत्रकारिता तालिम बिहिवार सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ उदयपुरको समन्वय, नगरपालिकाको सहयोग र चौदण्डिगढी मिडिया प्रा। लि।को आयोजनामा तालिम भएको हो । तालिममा २५ महिलासहित ३५ जना सहभागी थिए ।

तालिमको प्रमुख प्रशिक्षण नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष तथा पूर्णपुष्टिका सम्पादक भोटराज राईले गरेका थिए ।

सहभागिहरुलाई समापन कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षकहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख खगेन्द्र राईले पत्रकारिताको महत्त्व धेरै रहेको भन्दै यसको धर्म र मर्मभित्र रहेर भुमिका खेल्नु पर्ने बताए ।

पालिकाका युवाहरुलाई रोजगारीको व्यवस्था मिलाउने काममा अगाडि बढेको भन्दै पत्रकारितामा पनि केहीले रोजगारी पाउने बताए । उपमेयर रिता चौधरीले सहि सत्यान कुरा जनतासामु ल्याउनु पर्ने बताए ।

पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले पत्रकार, मिडियासंग ब्यावसायिक हुनुपर्ने बताए । पालिकाको ६ नं. वडाध्यक्ष कमलध्वज राई, उद्योग बाणिज्य सङ्घ, निर्माण व्यबसायीका प्रतिनिधी लगायतले पनि मन्तब्य राखेका थिए । मिडिया प्रालिका सञ्चालक राजेन्द्र राई (विद्रोही)को अध्यक्षतामा भएको थियो ।

तालिम सञ्चालनपछि युवाहरुको पत्रकारितामा आकर्षण बढेको मिडिया प्रालिका अध्यक्ष राजेन्द्र राईले बताए ।

प्रतिक्रिया

%d bloggers like this: