शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

वडा नं १० को दोस्रो चौमासिक सार्वजानिक सुनुवाई सम्पन्न

 

उदयपुर, चैत्र/२७

त्रियुगा नगरपालिका वडा नं १० ले आफ्नो चौमासिक सार्वजानिक सुनुवाई बुधवार वडा बासीहरुको व्यापक उपस्थितिमा सम्पन्न गरेको छ ।

वडाको आयोजना तथा पानस उदयपुरको सहजीकरणमा आयोजित आर्थिक बर्ष २०७५/०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय नागरिकहरुले आफ्नो उपस्थिति सँगै गहन बिषयमा कुराहरु समेत राखेका छन् ।

बालमन्दिर विद्यालयमा भएको कार्यक्रममा स्थानीयहरुले बिकासको क्षेत्रमा जनप्रतिनिधिहरुको मात्रै भुमिकाले विकास पूर्ण नहुने कुरालाई जोड दिएको छ ।

स्थानीयहरुले स्थानीय विकासमा नागरिकहरुको पनि उतिकै भुमिका र कर्तव्य रहेको हुदा जनप्रतिनिधिहरुले आफ्नो मात्रै अहमतालाई जोड नगर्न सुझाएको छ ।

त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकाश कुमार खड्काले स्थानीयहरुको कुरालाई सकरात्मक सुझावको रुपमा लिएको छ । उनले अवका दिनहरुमा आफ्नो कार्य योजनाहरुलाई स्थानीयहरुको सुझाव अनुसार अघि बढाउने जनाए । खड्काले वडाले कतिपय अबस्थामा वडाको अधिकारलाई प्रयोग गदैै सर्वपक्षिय ढंगबाट समानुपातिक र समावेशी प्रकृतिको बजेट विनियोजन गरि काम गरिरहेको पनि बताए ।

वडा नं १० को चालु आर्थिक बर्षको दोस्रो चौमाषिक आर्थिक बर्ष नियाल्दा सकरात्मक र कार्य योजनाहरु राम्रो पाईएको  त्रियुगा नगरपालिकाका निमित्त नगर प्रमुख मान बहादुृर राईले बताए । राईले अझ त्यसलाई विकसीत गरेर अघि बढ्नका लागि समेत आग्रह गरेका थिए ।

 

प्रतिक्रिया