शुक्र, साउन २३, २०७७
Fri, August 7, 2020

बसाहा राईजिङ महिला गोल्डकपको उपाधी झापालाई

 

बिक्रम राई 

बसाहा, चैत ३० 

उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा सोमबारदेखि सन्चालित चौथो बसाहा राईजिङ महिला गोल्डकपको उपाधी पारिजात महिला फुटवल क्लब झापाले चुमेको छ ।

शनिबार भएको फाईनल खेलमा आयोजक बसाहा राइजिङ युथ क्लवलाई ट्राईबेकरमा ४–२ ले पराजित गर्दै झापाले उपाधी चुमेको हो । झापाको तर्फबाट जर्सी नं ७ की संरचना प्रधान, जर्सी नं १६ की सुस्मिता लेप्चा, जर्सी नं २ की सुस्मिता घिसिङ र जर्सी नं १७ खुसी राईले गोल गरेकी थिईन् । त्यसैगरी आयोजक तर्फबाट जर्सी नं २ की अनुसा थेबे, जर्सि नं १० की अनुस्का शेर्पाले गरेकी थिइन् ।

उपविजेता घरेलु टिमलाई पुरस्कार र ट्रफी वितरण गर्दै

बिजयी टिम झापाले ७० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक टिमले ३५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बसाहा राईजिङ क्लव (घरेलु टिम ) बाट उत्कृष्ट खेलाडीमा परेकी मनिका राई र चुम्लुङमा राईलाई ट्रफी प्रदान गर्दै मेयर उपप्रमुख लगाएत

बिजेता तथा उपविजेता दुवै टिमलाई पालिकाका मेयर खगेन्द्र राई र उपमेयर रिता कुमारी चौधरीले पुरस्कार वितरण गरेका थिए । आयोजक टिमबाट उत्कृष्ट खेलाडीको उपाधी मनिका राई र चुम्लुङमा राईले पाइन् । भने झापाको तर्फबाट उत्कृष्ट गोल रक्षकको उपाधी नर्वदा चेम्जोङले पाईन् ।

बिजेता टिम झापाकी उत्कृष्ट गोल रक्षक नर्बदा चेम्जोङलाई मेडल प्रदान गर्दै

बसाहा राईजिङ युथ क्लवको आयोजना तथा चौदण्डीगढी नगरपालिका र नगर विकास खेलकुद समितिको सहयोगमा भएको प्रतियोगितामा विभिन्न ७ महिला फुटबल टिमले भाग लिएका थिए ।

प्रतिक्रिया

%d bloggers like this: