शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

फेसबुक चोकमा आगलागी

मोरङ, वैशाख ५ गते

मोरङको कानेपोखरी गाउँपालिका ६ फेसबुकचौकमा बिहिबार अपरान्ह आगजनी हुँदा १५ लाख बढि क्षती भएको छ ।

स्थानीय बीरबहादुर भट्टराईको घरमा आगजनी हुँदा उक्त परिणामको क्षती भएको हो । विद्युतसर्ट भई आगलागी हुँदा दुईतले टिनको छानो भएको घर जलेको हो ।

घरभित्रका लत्ताकपडा, भाँडाकुडा, काठपात, अन्नपात लगायत सम्पूर्ण सामानहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको  छ ।

प्रतिक्रिया

%d bloggers like this: