आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

अपांगता बालबालिकालाई शैक्षिक सामग्री

दिनेश दाहाल

भुट्टार, वैशाख ३१ गते

जाल्पा एकिकृत समाज नेपाल, उदयपुरले रौतामाई गाउँपालिका–२ भुट्टारमा एकदिने अतिजोखिममा रहेका अपांगता भएका बालबालिकाहरुको अधिकार पहिचान सम्बन्धी बिहिबार अन्तरक्रिया सम्पन्न गरेको छ ।

राजनीतिक दलका नेता, कार्यकर्ता, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजिवि, बालक्लव प्रतनिधी लगायतको उपस्थितिमा भएको अन्तरक्रियामा बालअधिकार सम्बन्धी सचेतनामुलक जानकारी दिइएको थियो । खासगरी अपांगता भएका बालबालिकाहरुको खोजी गरी उनीहरुको अधिकारको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका कार्यपालिका सदस्य देवी दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार यस कार्यक्रमले बालमैत्री वडा बनाउने अभियानमा  पनि टेवा पुर्याएको छ ।

जाल्पा एकिकृत समाजका फिल्ड अफिसर युवराज राईले सहजिकरण गरेको कार्यक्रममा अपांगता भएका ६ बालबालिकाको पहिचान गरी शैक्षिक सामग्री वितरण समेत गरिएको थियो । कार्यक्रममा बाल विवाह र गर्भपतन बारे पनि सचेतनामुलक जानकारी दिइएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: