शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बेलकामा मेहन्दी उत्सव सूरु

 

जयराम पुर्वछाने

श्रावन महिनाको अवसर पारेर बेलका नगरपालिका शाखा कुमारी बैँङक लिमिटेडले एक हप्ते मेहन्दी उत्सव मंगलबार देखी सुरु गरेको छ । श्रावन महिना बिषेश नारीहरु मेहन्दीमा सजिने महिना भएकाले महिला र मेहन्दीको सम्धन्धलाई सम्मान गर्दै मेहन्दी उत्सवको आयोजना गरेको बैङका शाखा प्रमुख अमित कुमार झाले बताए ।

बैङको छूटै नारी शुभलक्ष्मी खातामा नारीहरुको उत्साह सहभागीता र उत्पे्ररणलाइ महोत्सवले सहजता बनाउने भन्दैे कार्यक्रमको आयोजना गरेको झाले बताए । कुमारी बैँङकमा रहेको छुटै खाता शुभलक्ष्मी बचत खातामा नारीहरुलाई सेवा प्रदान गरीरहेका यस बैँकले अझै प्रोत्टछसाहन पुराउन  महोत्सव सूरु गरेको पनि झाले बताए ।

महोत्सव सुभारम्भको औपचारिक कार्यक्रममा उक्त खाताको बिषयमा बोल्दै साहयक कर्जा अधिकृत जुडास खरेलले खाता संचालन गर्न १ सय देखी १ हजार सम्म ब्यालेन्स जम्मा गर्नूपने बताए ।

२०७५ बैशाख ३१ गतेबाट बेलका नगरपालिकामा शाखा बिस्तार गरेको बैँङकले हाल २ हजार भन्दा माथी सदस्यहरु बनाईसकेका छन् । बैँङकले जीरो व्यालेन्स देखी ५ हजार सम्मको खाता संञ्चालन गर्दै आएको समेत कार्यक्रममा बैँङकले बताएको छ ।

महोत्सवलाई बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरी, प्रशासकिय अधिकृत रजीया चौधरी लगाएतले हातमा मेहन्दी लगाई सुभारम्भ गरिन् ।

श्रावन महिना नेपाली नारीहरु मेहन्दी, रातो शारी, रातो चुरामा पहिरेर पुजापाठमा ध्यान लगाउने र बाहीर हिड्दा राम्री देखिने गर्छीन् त्यही भयर पनि यो महिना महिलाहरुको लागि महत्वपूर्ण हुन्छ ।

मेहन्दी लगाउने समय १० बजे देखी ४ बजे सम्म कार्यलय समय भित्र रहेको छ । बैंकमा पुरा नै खातावाला महिला सदस्यहरुलाई पनि मेहेन्दी लगाउने पनि आयोजक कुमारी बैंकका एक कर्मचारी बताए ।

 

 

 

प्रतिक्रिया

%d bloggers like this: