मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

लिम्चुङबुङ अध्यक्ष राहत लिएर पालिकातर्फ उडे

उदयपुर, साउन ९ गते ।

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई आज विराटनगरदेखि हेलिकेप्टरमा राहत लिएर उडेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न लिएर अध्यक्ष राई १२ : ४० बजेमा पालिकातर्फ उडेका हुन् ।


अध्यक्ष राईका अनुसार  सेनाको हेलिकेप्टरले राहत ढुवानी गरेको हो । उदयपुरका दुई दुर्गम पालिकाहरु लिम्चुङबुङ र ताप्ली गाउँपालिकालाई प्रदेश सरकारले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएको छ । लिम्चुङबुङका लागि ७ सय क्विन्टल र ताप्लीका लागि ६ सय क्विन्टल चामल उपलब्ध गराएको छ । दाल, नुन र तेल पनि उपलब्ध गराएको छ ।

एकपटकमा २५ क्विन्टल चामल बोक्ने हेलिकेप्टरले आज दुईपटक लिम्चुङबुङ र दुईपटक ताप्लीमा ओसार्ने बताइएको छ । प्राप्त राहतलाई पालिकाले पिडितलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: